Nepal Purbadhar

९ निर्माण कम्पनीसँग फेरि ७ दिने स्पष्टीकरण माग


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न ९ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेकाे छ । कार्यालयले कमजाेर कार्यसम्पादन गर्ने यी निर्माण कम्पनीसँग ७ दिने स्पष्टीकरण मागेकाे हाे ।

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौं छन् ।

यस्तै, कोसी निर्माण सेवा काठमाडौं, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं र पाँचखाल कन्ट्रक्सन प्रालि काठमाडौंलाई पनि स्पष्टीकरण साेधिएकाे सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले बताए।

“विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकामा त्यसको समयावधि पूरा गरेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको हो, ७ दिनमा पनि स्पष्टीकरण नआए कालोसूचीमा राखिने छ,” उनले भने ।

Facebook Comments

Read Previous

ठेकेदारकाे ढिलासुस्ती र वनकाे अवराेधले कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइ

Read Next

कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar