Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्नुहोस् : राष्ट्रपति


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि उद्योगी–व्यापारीलाई आब्हान गरेका छन् ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजना गरेको दुई दिने ३७ औँ क्यासी सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीका क्षेत्र वृद्धि हुदै गएको उल्लेख गरे । ‘लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्छु’ राष्ट्रपति पौडेलले भने ।

उनले साना र मझौताल उद्योग अर्थतन्त्रका आधारस्तम्भ भएको बताए । उद्योगले नै रोजगारी सिर्जना गर्नेमा जोड दिए । ‘व्यापारमार्फत अर्थतन्त्रको वृद्धिसँगै सीमापार सम्बन्ध निर्माणमा पनि महत्वपूर्ण भुमिका खेल्छ’ उनले भने । क्यासी सम्मेलनमार्फत नेपालमा लगानी वृद्धि गर्न र एशिया प्रशान्त क्षेत्रका देशहरुबीचको सम्बन्ध र लगानीलाई अगाडी बढाउन महत्वपूर्ण हुने आशा व्यक्त गरे ।

सम्मेलनमा मुख्य वक्ता रहेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले व्यापारको वृद्धि गर्न र सहजताको लागि आफु प्रधानमन्त्री हुँदा दुई देशबीच बिप्पा सम्झौता गरेको उल्लेख गरे । ‘जलवायु परिवर्तन र अन्य कारणले अब हरित विश्व छ्नौट होइन अनिवार्य बनिसक्यो’ उनले भने । उनले एशिया प्रशान्त क्षेत्रका सरकारले व्यापार र अन्य सहजताको लागि क्षेत्रीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । सरकार र निजी क्षेत्रको सन्तुलित भुमिका मार्फत अर्थतन्त्रलाई गति दिन सकिने भट्टराइको भनाइ थियो ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सम्मेलनमार्फत व्यावसायिक वातावरण निर्माण गर्नमा सहयोग पुग्ने बताए । भुकम्प, कोभिड लगायतले असर गरे पनि राम्रै अवस्थामा रहेको उनको भनाइ छ । नेपालको नवीकरण उर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय निकाय इच्छुक रहेको र भारतले पनि १० हजार मेगावाट विद्युत् लैजाने प्रतिवद्धता गरिसकेको बताए । नेपालको जलविद्युतमा लगानी गर्दा यसले बजार रहेको र बङ्गलादेश समेत नविकरणीय ऊर्जा लैजान इच्छुक रहेकोमा जोड दिए ।

उनले विभिन्न देशबाट आएका लगानीकर्तालाई लगानी गर्न र नेपालले चाडै आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुन अनुरोध गरे । अर्थमन्त्रीले नेपाल सरकार हरित र हाइड्रोजन उर्जामा पनि लगानी गर्न र आवश्यक नीतिगत व्यवस्था गरिने बताए ।

क्यासीका अध्यक्ष पिटर माक्मलियमले नेपालको निजी क्षेत्रको नेतृत्व प्रेरणादायी रहेको बताए । साथै सम्मेलनले यस क्षेत्रमा लगानी र व्यापार वृद्धिको लागि महत्वपूर्ण भुमिका खेल्ले उल्लेख गरे ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपाल महत्त्वपूर्ण रणनीतिक स्थानमा रहेको उल्लेख गर्दै पर्यटनको क्षेत्रमा ठुलो लगानीको गर्न सकिने बताए ।

त्यसबाहेक उर्जाको महत्त्वपूर्ण श्रोत रहेकोले भारत र बङलादेश लैजान सकिने बाटो खुला हुँदा गरेको लगानीमार्फत राम्रो प्रतिफल आउने उल्लेख गरे । नेपालमा अवसर खोजी लगानी गर्न आब्हान गरे । क्यासीका उपाध्यक्ष प्रदिपकुमार श्रेष्ठले दोस्रोपल्ट आयोजना गरिएको सम्मेलनले हरित अर्थतन्त्र, जिम्मेवारपूर्ण उपयोग, दीगो व्यापारलगायतमा जोड दिएको बताए ।


Read Previous

४ दशकपछि किन्ताङ खोलामा बेलीब्रिज  निर्माण हुँदै

Read Next

तनहुँ जलाशय आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

Leave a Reply

Your email address will not be published.