Nepal Purbadhar

समयमै बन्न सकेन नगर अस्पताल


चितवन । राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । वि.सं. २०७८ असार २२ गते दुई वर्षमै निर्माण गर्न सम्झौता भएर सुरु गरिएको सो अस्पताल ठेक्का सम्झौताको समय सकिँदा पनि काममा भने प्रगति नभएको हो । नगरपालिकासँगै जोडिएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौंले १० करोड ४२ लाख ४३ हजार चार सय ९० रुपैयाँमा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको नगरपालिकाका प्रमुख शमशेर लामाले बताए ।

उनका अनुसार मत्स्य विकास केन्द्रको नाममा रहेको एक बिघा दस कठ्ठा जग्गामा नगर अस्पताल निर्माण गर्न लागिएको हो । प्रादेशिक मन्त्रिपरिषद् बैठकबाट निर्णय भई नगरपालिकालाई भोगचलनका लागि दिएको सो जग्गामा तीन तले अस्पताल निर्माण गर्न लागिएको थियोे । अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कमा नआएका कारण अस्पताल निर्माणकै क्रममा अलपत्र परेको उनले जानकारी दिए । अस्पताल निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गर्दा विभिन्न बाहना देखाउने गरेको भन्दै नगरप्रमुख लामाले पछिल्लो समयमा भने सम्पर्कमा आएको बताए । उनले भने, ‘ठेक्का सम्झौताको समय सकिए पनि पुनः समय थप गरी निर्माण सम्पन गर्न नगरपालिका लागिपरेको छ ।’

Facebook Comments

Read Previous

बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध

Read Next

मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar