Nepal Purbadhar

बाढीले अस्थायी पुल र सडकमा क्षति


सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।

पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । वर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए । त्यस्तै बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

Facebook Comments

Read Previous

‘ओभरसुट’ भयो कतार एयरको जहाज

Read Next

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र चाँडै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar