Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विद्युत् नपुगेको छेन्तुङमा सोलार ऊर्जा


बागलुङ । ढोरपाटन उपत्यकाको चारैतिर घना जङ्गल, तलपट्टी उत्तरगङ्गा र मध्यभागमा छ, छेन्तुङ गाउँ । प्राकृतिक सुन्दरताले भरिएको छेन्तुङ अहिले पनि अन्धकारमै छ । छेन्तुङलाई पर्यटकीय गन्तव्य मानिए पनि विद्युत्लगायत अन्य पूर्वाधार गाउँलाई छुन सकेको छैन । नजिकै जङ्गल भए पनि स्थानीयलाई घाँस, दाउरा गर्न गाह्रो छ । सिकार आरक्ष क्षेत्रमा पर्ने हुँदा विकास निर्माणका अन्य काम गर्न पनि समस्या छ । विद्युत्को पहुँचभन्दा टाढा हुँदा पर्यटक घुम्न आए पनि बास नबसी फर्कने गरेका छन् । ढोरपाटन नगरपालिका–६ छेन्तुङ गाउँभन्दा केही पर रहेको स्यालपाखे, पाखाथरलगायतका गाउँमा भने चिम बाल्नका लागि भए पनि विद्युत्को पहुँच पुगेको छ ।

यहाँ चार सयभन्दा बढी घर परिवार छन् । पहिले यहाँका परिवार छ महिना छेन्तुङ र बाँकी छ महिना दोगाडी, मोराङ, छालहाल्ना, बोबाङ (औांलो)लगायत गाउँमा बस्ने गर्थे । तर केही तीन वर्ष पहिले मोटरबाटोले गाउँ छोएपछि भने यहाँका मानिस नौ महिना छेन्तुङमा बस्न थालेका छन् । बर्खायाममा छेन्तुङ र हिउँदमा बेसी झर्ने स्थानीयको परम्परा जस्तै हो । बर्खामा पशुचौपायाका लागि प्रशस्त चरन क्षेत्र भएको हुँदा छेन्तुङ आउने गर्छन् भने हिउँदमा हिमपात हुने हुँदा चिसोका कारण बेसी झर्ने गर्छ । छेन्तुङमा बस्दा किसान आलु, सिमी र स्याउ खेतिमा व्यस्त हुन्छन् ।

अन्धकारमै नौ महिना बिताउने स्थानीयले बेसी झरेपछि मात्रै विजुली बाल्न पाउँछन् । मोटरेबल बाटोले गाउँलेलाई विकासको थोरै भए पनि अनुभूति गराएको भए पनि विद्युतको भने अभाव कायमै छ । गाउँमा सक्नेले सोलार प्रयोग गर्दै आए पनि अधिकांशले दाउरा र टुकीको भरमा रात कटाउँछन् । सोमबार गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छेन्तुङमै पुगेर सोलार वितरण गरेपछि स्थानीयमा बत्ति बाल्न पाइनेमा खुसी छाएको छ ।

मन्त्री सरस्वती अर्याल तिवारी, बागलुङ क्षेत्र नम्बर–२ (ख) का सांसद दोर्णकुमार कुँवर, प्रदेशसभा सदस्य दिलमाया पौवीलगायतको टोली छेन्तुङमै पुगेर सोलार वितरण गरेको हो । सडकले गाउँ जोडिएपछि राहत मिलेको र अब गाउँ उज्यालो हुने भन्दै स्थानीय ५९ वर्षीय छबिलाल सिर्पालीले खुसी व्यक्त गरे । ढोरपाटन नगरपालिका–६ ओखरेनीका सिर्पालीले बेसी झर्दा मात्रै बिजुली बत्ति बाल्न पाएको भन्दै छेन्तुङमा बस्दा समस्या भोग्नुपरेको बताए । आफू छेन्तुङमै जन्मे, हुर्केको र यही बस्दै आएको भन्दै अहिलेसम्म पनि कसैले गाउँमा बत्तिको व्यवस्थापन नगरेको उनको भनाइ छ ।

‘सरकारले हाम्रो समस्या बुझिदियो, धेरै खुसी भएका छौँ, बेसी झर्दा त बिजुली बत्ति बाल्न पाइन्थ्यो, यहाँ आयो भने उही अँध्यारोमै बस्ने हो, वरिपरी यति ठूलो वन छ, वनबाट दाउरा, दियालो ल्याउन पनि सिकार आरक्षले दिँदैन’ सिर्पालीले भने । स्थानीय ६४ वर्षीया मैया भण्डारीले दिनभरी जङ्गलमा गएर बाँङ, दियालो, सल्लाको खोटो जम्मा गर्ने र रातिमा त्यही बालेर उज्यालो गराउने गरेको बताए । सरकारले सोलार दिने भएपछि केही दिनदेखि गाउँमा प्राविधिक आएर छाना सोलार प्यानल राखी बत्ती जडान गरिदिएको उनको भनाइ छ । गाउँमा कक्षा तीनसम्म पढाइ हुने विद्यालय रहेको र विद्युत् नहुँदा विद्यार्थीले रातको समयमा पढ्न नपाएको भण्डारीले बताए । ‘बर्खाको तीन÷चार महिनाका लागि पहिल्यै दाउरा, दियालो जोहो गरेर राख्नुपथ्र्यो, बर्खा अगाडिनै जोहो गरिएन भने खाना पकाउने दाउरा पनि हुँदैनथ्यो,’ भण्डारीले भने ।


Read Previous

नेशनल सोलार पावरकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

Read Next

कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *