Nepal Purbadhar

सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन


जाजरकोट: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनका लागि सरकार लागि परेको बताए । सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको जाजरकोटमा कार्यालय उद्घाटन गर्दै उनले पच्चीस लाख हेक्टरमध्ये १५ लाख हेक्टरमा पूर्वाधारको काम भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले अब १० लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउन सर्वेक्षणको काम भइरहेको भने ।

साना ठूला नदी, खोलाका टारमा सिँचाइ सुविधा नभएर पाँच लाख हेक्टर जमिनमा समस्या भइरहेकाले त्यसको समाधानमा मन्त्रालय लागेको उनले जानकारी दिए । कर्णाली प्रदेशमै सिँचाइसम्बन्धी काम गर्ने कार्यालय नभएको हुँदा सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजना जाजरकोटमा स्थापना गरिएको पूर्वमन्त्री सत्य पहाडीको भनाइ थियो । कर्णालीका १० जिल्लाको सङ्घीय सरकारबाट आउने बजेट यही आयोजनाले कार्यान्वन गर्नेसमेत उनको भनाइ छ ।

जाजरकोटमा तीन अर्ब रूपैयाँभन्दा बढी रकम विद्युतीकरणका लागि आएर ठेक्का लागेर कामसमेत सुरु भएको बताइएको छ । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिकमामिला तथा योजनामन्त्री बेदराज सिंह, राष्टियसभा सदस्य मैना कार्की, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजना स्थापनाले कर्णालीमा विकासको इँटा थपिएको उनको भनाइ थियो।

Facebook Comments

Read Previous

ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

Read Next

प्रधानमन्त्रीकाे निर्देशनपछि निगमद्वारा पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar