Nepal Purbadhar

ग्रामीण सडक पुनःमर्मत थालिए


उदयपुर । उदयपुरको दुर्गम पहाडी क्षेत्रका गाउँपालिकामा वर्षाका कारण भत्किएका र पहिरोले पुरिएर सवारीसाधन सञ्चालनमा समस्या भएका ग्रामीण सडक पुनः मर्मत थालिएका छन् । उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ जोड्ने पहाडी ग्रामीण सडक वर्षाका कारण अवरुद्ध भएकाले पुनः मर्मत कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए । सदरमुकाम गाईघाट मुर्कुची पुवाँरे भन्ज्याङ, माझखर्क हुँदै बासबोटे जोड्ने सडक खण्डहरु वर्षाले भत्किएका छन् । गाउँपालिका स्तरबाटै मर्मत तथा व्यवस्थापन कार्य सुरु गरिएको राईको भनाइ छ ।

गाईघाट साउने, खाँबु हुँदै रसुवा भएर लिम्चुङबुङको बलाम्ता, ताम्लिछा जोड्ने अवरुद्ध ग्रामीण सडक पुनः मर्मत थालिएको छ । सो पालिकाको बलाम्ता, ताम्लछा, जाँते जस्ता ग्रामीण भेगसम्म यातायात सहज रुपमा सञ्चालन गर्न सडक मर्मत कार्य सुरु गरिएको छ । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको कटारी, बेतिनी रुपाटार हुँदै ओख्ले, पीपलभन्ज्याङ, ठानागाउँ सहितका स्थानसम्म सहज तरिकाले यातायात सञ्चालन गर्न वर्षाले भत्काएको ग्रामीण सडक मर्मत सुरु गरिएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुगराज विकले बताए ।

जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकामा पनि वर्षाले भत्काएका र भत्किएका सडक पुनः मर्मत गरेर सञ्चालन गर्ने प्रयास भइरहेको सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरको भनाई छ । रौता, आँपटार, रौता, भुटार, इनामेर नामेटारसहितका अवरुद्ध ग्रामीण सडक सञ्चालन गर्नका लागि आवश्यक काम थालिएको रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले बताए । जिल्लाको पहाडी क्षेत्रका अधिकांश ग्रामीण क्षेत्रका सडक वर्षाका कारण भत्किएको र खाल्डा परेको कारण यातायात पुनः सञ्चालन गर्न सम्भव नभएको कारण दसैँतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर तयारी गरिएको छ ।

Facebook Comments

Read Previous

भौतिक पूर्वाधारको नीतिगत सवाल र आगामी बाटो

Read Next

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar