Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

गल्याङ बजारको फोहर व्यवस्थापन चुनौती बन्दै


स्याङ्जा । स्याङ्जाको गल्याङ बजारको फोहोर व्यवस्थापन चुनौती बन्न थालेको छ । गल्याङ नगरपालिले बजार क्षेत्रको फोहर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेको फोहरमा अज्ञात समुहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताए । उनका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचरप्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताए ।

नगरपालिकाले आगो लगाउनेलाई कारबाही गर्न नसकेको, फोहरको उचित व्यवस्थापन नभएको भन्दै उक्त ठाउँमा फोहर फाल्न स्थानीयले रोक लगाएको पनि उनले बताए । वातावरणीय संरक्षण युवामञ्च, स्थानीय र जनप्रतिनिधिले पटकपटक छलफल गरेर फोहर व्यवस्थापनको समस्या समाधान गर्न खोजे पनि सहमति जुट्न नसकेको मञ्चले जनाएको छ । बजारको फोहर नउठ्दा गल्याङका बजारवासी कष्ट भोग्न बाध्य छन् । नगरपालिकाले फोहर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यसहित सुरेश सुवेदीको संयोजकत्वमा गल्याङ नगर सरसफाइ समितिसमेत बनाएको छ । मञ्च, स्थानीय र जनप्रतिनिधिबीच कुहिने र नकहिने फोहर छुट्याएर मात्र साउन ७ गतेसम्म नजिकै फोहर विसर्जन गर्ने सहमति बनेको संयोजक सुवेदीको भनाई छ ।

नगरपालिका र नगर समितिले वडा नं ३ छर्तिघाटमा डोजर लगाएर सरसफाई केन्द्र निर्माण सुुरु गरेको स्थानीय प्रवेश अर्यालले भनेका छन् । “कालीगण्डकी नदीस्थित छर्तिघाट नजिकै कालीगण्डकी गुरुकुल, उत्तरबाहीनी क्षेत्र र मृत्युपछि अन्तिम संस्कार गर्ने थलो भएकाले यहाँ फोहोर बिसर्जन गर्दा नदीको सभ्यतामा आँच आउँछ”, उनले भने, “फोहर व्यवस्थापनका लागि अन्य विकल्प खोज्नु पर्छ । हामीले यहाँ विसर्जन गर्न नदिने भनेर विरोध जनाएका हौँ ।” वडा नं ३, ७ र ११ को अन्तिम संस्कार गर्ने स्थान छर्तिघाट भएकाले यहाँ फोहर फाल्न रोक लगाउनुपर्ने माग राख्दै वडा नं ३ का स्थानीयले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ज्ञापन पत्र बुझाएको स्थानीय कमल वस्यालले बताए ।


Read Previous

पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

Read Next

संसदमा दर्ता भएको विद्युत् विद्येयकमा इप्पानको १२ बुँदे संसोधन प्रस्ताव, विद्येयक निजी क्षेत्र विराेधी भएकाे भनाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *