Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन


कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ ।

एसियाली विकास बैंक ९एडिबी०को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए । उनका अनुसार दुई वर्षभित्रै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा ९६ करोड ८२ लाख ३९ हजार छ सय ४६ रुपैयाँमा सो चिनियाँ कम्पनीसँग सम्झौता भएको हो ।

सो केन्द्र निर्माणस्थलमा झण्डै दुई हजार रुख काट्नुपर्ने देखिएको छ । रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत स्वीकृत भइसकेको जनाइएको छ । गत फागुन १५ गते इआइए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ । तर केन्द्र निर्माणको काम अलपत्र परेको छ । रूख कटान अनुमतिका लागि प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ । फोहरमैला व्यवस्थान केन्द्र बनाउन २२ हेक्टरमा करिब दुई सय बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर कलौनीको भनाइ छ ।


Read Previous

पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित छ-प्रधानमन्त्री

Read Next

एशियन पेन्ट्स नेपालले काठमाडौंमा सुरु गर्यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *