Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पुनः निर्माणको पर्खाइमा ऐतिहासिक सोह्र खुट्टे पाटी


ललितपुर । ललितपुर महानगरपालिका–२२ बुङ्गमती स्थित ऐतिहासिक सोह्र खुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालमा भूकम्पले क्षति पुर्याएका धेरै सम्पदाहरु पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन । काठमाडौँ उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएको पाटी छैनन् । इतिहासकारका अनुसार सोह्र खुट्टा भएकाले सोह्र खुट्टे पाटी भनिएको हो । ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्र खुट्टे पाटीको अहिले एउटा पिल्लर अर्थात् खुट्टा भूकम्पले क्षति पुर्याएको थियो ।

पार्टी प्रयोगविहीन छ । रातो मच्छिन्द्रनाथको १२ वर्षे रथारोहन समयमा सोह्र खुट्टेमा रातो मच्छिन्द्रनाथको रथलाई बास बसाल्ने गरिन्छ । त्यसै समय सोह्र खुट्टे पाटीमा कुमारीलाई राख्ने चलन छ । १२ वर्षमा एकपटक बुङ्गमतीबाट रातो मच्छिन्द्रनाथको रथलाई पाटन क्षेत्रमा घुमाएपछि पुनः बङ्गमतीमा पुर्याउने परमपरा छ । सोह्र खुट्टे पाटीमा धेरै वर्षपहिले भत्तपुर, काठमाडौँ, कीर्तिपुरबाट बुङ्गमती हुँदै डुगुछाप, छुम्पी र पर्सीडोल पदैल यात्रा गर्नेहरु अबेर भएपछि बास बस्ने गरेको ६१ वर्षीय मानकुमार महर्जन बताउनुहुन्छ । उनी भन्छन्, “सोह्र खुट्टे पाटी ऐतिहासिक पाटी हो । अन्य पाटीहरुभन्दा यो पाटी फरक छ । भूकम्पले भत्काउनुभन्दा अघि राम्रो थियो तर अहिले त जीर्ण अवस्थामा छ ।”

इतिहास बोकेको सोह्रो खुट्टे पाटी मुख्य सडक छेउमा पर्छ । यदि सडक विस्तार गर्नुपरेमा पाटीलाई अर्को ठाउँमा सार्नुपर्ने हुन्छ । ललिपुर महानगरपालिका–२२ का वडाअध्यक्ष सागर तुलाधरले समितिसँग सल्लाह गरेर पाटीलाई हालको स्थानभन्दा पछाडि सारेर पुनः निर्माण गर्ने बताए । उनका अनुसार महानगरपालिकाबाट सोह्र खुट्टे पाटी पुनःनिमार्णका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । “भूकम्पले भत्काएका अन्य पार्टीहरु पुनः निर्माण भइसकेका छन् । धेरै लामो इतिहास बोकेको सोह्र खुट्टे पाटी पुनः निर्माण हुन सकेको छैन । अब यो वर्ष नै हामी यसलाई निर्माण गर्ने तयारीमा छौँ ।” उनले भने ।


Read Previous

हिमताल खोज्दैछन् मनाङको स्थानीय पालिका

Read Next

प्रधानमन्त्रीज्यू, अर्थतन्त्रलाई गहिरो मन्दीमा जानबाट बचाउन मौद्रिक,वित्तीय र संरचनात्मक नीतिमा तत्काल सुधार थालौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *