Nepal Purbadhar

हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द


मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा उत्पादन बन्द भएकाे छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा बिहीबार बिहानदेखि क्लिङ्करको उत्पादन अवरुद्ध भएको हाे ।

उपकरण बिग्रिँदा ४ दिनसम्म उत्पादन प्रभावित हुने उद्योगका नायबमहापबन्धक नवीनकुमार कर्णले बताए । उनका अनुसार उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको छ ।

उनले उद्योगमा अहिले पर्याप्त कोइला र चुनढ्ङ्गा जगेडामा राखिएको जानकारी पनि दिए । याे उद्याेगले अहिले दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको व्यवस्थापनले जनाएको छ ।

उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएकामा फेरि प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाका अधिकृत शत्रु अर्यालले बताए ।


Read Previous

वित्तीय संकटबीच पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका १५ विमान ग्राउन्डेड हुने जोखिम

Read Next

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar