Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बजेट अभावले पुल निर्माणको अवधि लम्बिँदै


कञ्चनपुर । सुदूरपश्चिमको आर्थिक समृद्धिसित जोडिएको कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणको अवधि लम्बिँदै गएको छ । सुरुआतका वर्षमा निर्माणले गति पाए पनि निर्माणको अन्ततिर पुग्दा बजेट अभाव र पुलसँगै बनेका पोखरीको ‘गाइडबण्ड’को ‘डिजाइन भेरिएसन’ नहुँदा लगायतका कारणले पुल निर्माणको अवधि लम्बिँदै गएको हो ।

महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल निर्माण कम्पनीलाई बजेट अभावका कारण गरिसकेको कामको समेत रकम भुक्तानी दिन नसकिएको बताए । पुल निर्माण कम्पनी कुमार सिएफइसी जेभीलाई गत आर्थिक वर्षको काम गरे बापतको २३ करोड रुपैयाँ रकम भुक्तानी दिन नसकिएको उनले जानकारी दिए । “पुल निर्माण सम्पन्न गर्न अझै रु ५०÷६० करोड रकम आवश्यक पर्छ”, गुरुङले भने, “चालु आर्थिक वर्षमा बजेट झन् घटेर आएको छ ।” पुल योजना कार्यालयका अनुसार पुल निर्माणका लागि चालु आवमा १८ करोड ६० लाख रुपैयाँ बजेट विनियोजित छ ।

पुलसँगै पर्यटकीय दृष्टिकोणले पनि रमणीय बनाउन यहाँ पुलको दुवैतर्फ उत्तर र दक्षिण गरी चार पोखरीसमेत निर्माण गरिएका छन् । पोखरीको गाइडबण्डका लागि ठूला ढुङ्गा उपलब्ध नहुँदा डिजाइन परिर्वतन गरिएको थियो । पोखरीको गाइडबण्डमा गएको केही दिनयता आएको बाढीले सामान्य समस्यासमेत देखिएकाले सो समस्याको पनि दीर्घकालीन समाधान खोजेर भेरिएसन स्वीकृतिका लागि पहल गरिने गुरुङको भनाइ छ ।

“गाइडबण्डमा केही स्थानमा समस्या देखिएपछि काठमाडौँबाट परामर्शदातासहितको टोली निर्माणस्थल आउने छ”, उनले भने, “भरिएसन स्वीकृत भएपछि निर्माण कम्पनी तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सक्छ ।” पुल निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पोखरीको गाइडबण्डको डिजाइन स्वीकृति प्रक्रिया लामो समयदेखि थालिएको बताए ।


Read Previous

प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

Read Next

२०३५ भित्र ३५ हजार मेगावाट विद्युत उत्पादनको सरकारी लक्ष्य, वनको नियमावली– ’एक खोला, एक आयोजना’

Leave a Reply

Your email address will not be published. Required fields are marked *