Nepal Purbadhar

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना


स्याङ्जा । स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र खोलिएको हो ।

केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलायसिस सेन्टर, प्रसूतिगृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए । यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भिरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ ।

“वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो”, उनले भने, “अब अस्पतालमै केन्द्र स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।” वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको वालिङका नगरप्रमुख कृष्ण खाँणले बताए ।

नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत नै सम्बोधन गरेको उहाँको भनाइ छ । केन्द्रको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटीले गर्ने तथा अन्य काम नगरपालिका र अस्पताल प्रशासनले गर्ने सहमति भएको रेडक्रसका जिल्ला अध्यक्ष दिनेश अर्यालले भने ।


Read Previous

जलविद्युत् आयोजनाका करोडौँका सामग्री बेवारिसे

Read Next

पथलैया–कमला सडकखण्डमा ३० हजारभन्दा बढी रूख काटिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar