Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन


ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कूल तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी सङ्कलन भएको हो ।

नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपया सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा दुई करोड १४ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो । समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच रुपैयाँ जम्मा रहेको उनले बताए । मन्दिरमा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई जोग्ने, गाल्ने र बेच्ने छुट्टै समिति बनाइएको छ ।

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ ।


Read Previous

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुखः अर्थमन्त्री महत

Read Next

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

Leave a Reply

Your email address will not be published. Required fields are marked *