Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

नारायणीमा बन्ने पुलको सर्भे सुरु


चितवन । चितवन र नवलपरासी जोड्ने नारायणगढस्थित नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको सर्भेको काम थालिएको छ । पुल महाशाखाको टोलीले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाका प्रमुखसहितको टोलीसँग स्थलगत निरीक्षण गरी छलफल गरेको हो ।

भरतपुर महानगरकाका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।

पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुल अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने उनले बताए ।

सिग्नेचर पुल निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले पुल डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ । चार सय २० मिटर लामो उक्त पुल निर्माणका लागि रू एक अर्ब ६८ करोड ७६ लाख ठेक्का सम्झौता भएको छ । राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणका लागि महानगरपालिकाले पहल गरिरहेको बताउँदै अबको केही समयपछि यस कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उललेख गरे । सिग्नेचर पुलसहित राष्ट्रिय राजमार्ग जोड्ने तीनवटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने उनको भनाइ थियो ।

भरतपुर र नवलपरासी जोड्ने अरु दुई पुल निर्माणका लागि स्थलको अवलोकन गरिएको पुल महाशाखाको टोलीले जनाएको छ । महाशाखाले भरतपुर महानगरपालिका वडा नं २६ को घोसराघाटबाट नवलपुरको प्रगतिनगर जोड्ने पुलको स्थलगत निरीक्षण गरेको महाशाखाका उपनिर्देशक शाक्यले बताए । गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको बताइएको छ ।

भरतपुर र माडी ठोरी जोड्ने गरी अर्को पुल निर्माणको तयारी गरिएको छ । उक्त पुल भरतपुर महानगरपालिका वडा नं २४ अन्तर्गत ध्रुव र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने गरी निर्माण गरिने महाशाखाले जनाएको छ । यसका लागि ध्रुवको निरीक्षण एवं अनुगमन गर्नुका साथै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको शाक्यले जानकारी दिनुभयो । पुल महाशाखाका अनुसार तीनवटा नयाँ पुल निर्माण गर्न एकैपटक ठेक्का सम्झौता गर्ने तयारी भएको छ ।


Read Previous

बागमती प्रदेशभित्र सार्वजनिक सवारीकाे भाडादर बढ्यो, कहाँसम्मको कति ? (सूचीसहित)

Read Next

देशैभर मनसुनी वर्षा

Leave a Reply

Your email address will not be published.