Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

बागमती प्रदेशभित्र सार्वजनिक सवारीकाे भाडादर बढ्यो, कहाँसम्मको कति ? (सूचीसहित)


काठमाडौं । बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढेको छ । प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि कार्यान्वयन हुनेगरी भाडा बढाएको हो ।

काठमाडौं उपत्यकाको हकमा अहिले ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ रहेकोमा १ रुपैयाँ बढाएर १९ रुपैयाँ पुगेको छ । त्यस्तै, १० किलोमिटरसम्म २४ रुपैयाँ रहेकोमा २ रुपैयाँ बढेर २६ रुपैयाँ कायम भएको छ । १५ किलोमिटरसम्मको लागि २९ रुपैयाँबाट ३१, २० किलोमिटरसम्म्को लागि ३२ रुपैयाँबाट ३५ र २० किलोमिटरभन्दा बढीको यात्रामा ३७ रुपैयाँ भाडादर रहेकोमा ३ रुपैयाँ बढाएर ४० रुपैयाँ कायम गरिएको छ ।

उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा भने साविकको भाडादरमो ५ दशमलव ३१ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै, मालवाहक साधनको लागि १३ रुपैयाँ ७४ पैसा प्रतिकिमी प्रतिटन रहेकोमा १४ रुपैयाँ ८० पैसा कायम गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भाडादर 

प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारणसमायोजन_सम्बन्धीसूचना

Read Previous

२ साताभित्र विद्युत विधेयक संसदमा दर्ता हुन्छ: ऊर्जा मन्त्री बस्नेत

Read Next

नारायणीमा बन्ने पुलको सर्भे सुरु

Leave a Reply

Your email address will not be published.