Nepal Purbadhar

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा


दमौली । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्गको तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण बिहिबार बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।

विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ । रासस


Read Previous

भारतले रच्यो इतिहास, चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण

Read Next

तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन