Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

ऊर्जा विकासको सम्भावना र चुनौतीबारे पूर्वाधार समितिमा बहस: कसले के भने ?


काठमाडौं । संसदको पूर्वाधार विकास समितिका सांसदहरुले ऊर्जा क्षेत्र विकासका लागि संसदका सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरवारस्थित पूर्वाधार विकास संसदीय समितिको सभाहलमा आयोजित समितिको बैठकमा ’स्वतन्त्र ऊर्जा उत्पादकहरुको समस्या र सोको समाधानका उपायहरु’ माथि बोल्दै उनीहरूले धारण राखेका हुन् । बैठकमा उपस्थित अधिकांश सांसदहरुले सबै राजनीतिक दलले ऊर्जा क्षेत्रको विकासमा कुनै पनि राजनितिक दलले असहयोग हुन नदिने प्रतिवद्धता गरेर जानुपर्ने धारणा राखेका थिए ।

शक्तिबहादुर बस्नेत

ऊर्जा  जलस्राेत तथा सिचाइ मन्त्री

जिडिपीको वृद्धिदर ७ प्रतिशत हाराहारी कायम राख्न सकेमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत स्वदेशमै खपत हुनेछ । खपत छैन भनेर उत्पादनमा नजाने हो भने हाम्रो प्राकृतिक स्रोत साधन त्यसै खेर जानेछ । २५ देखि ३० हजार मेगावाट क्षमताका कुन कुन आयोजना अघि बढाउने ? कहाँ कहाँ प्रसारणलाइन र सवस्टेशन बनाउने ? लगायतका कुराहरु ऊर्जा विकास दशकको रोडम्यापमा स्पष्ट पारिनेछ । मन्त्रालयले आन्तरिक खपत बढाउने कार्ययोजना समेत बनाइरहेको छ ।  ऊर्जा क्षेत्र विकासका लागि सरकारसँगै निजी क्षेत्रले पनि आफ्ना कमजाेरी सुधार गर्नुपर्नेछ ।

प्रदीप पौडेल

सासंद, नेपाली कांग्रेस

देशको समृद्धिको आधार ऊर्जा क्षेत्र नै हो भन्नेमा कुनै पनि राजनीतिक दलको विमती रहेको छैन् । ऊर्जा क्षेत्रको विकासका लागि राजनीतिक दलले प्रतिवद्धता जनाएमा स्थानीय स्तरमा हुने धेरै अवरोधका समस्या समाधान हुनेछन् । परियाेजना निर्माण गर्नकाे लागि वनकाे समस्या धेरै पहिलेदेखि देखिदै आएकाे छ । यसमा आवश्यक कदम चाल्नुपर्छ ।

माधव सापकोटा

सासंद, नेकपा माओवादी केन्द्र

राजनीतिक रूपमा एक हिसाबले प्रतिवद्धता गरेर जानुपर्छ । निजी र सरकारी क्षेत्र भनेर छुट्रयाउनेभन्दा पनि एउटै भएर अगि बढ्नुपर्छ । स्थानीयलाइ भड्काउने काम आयाेजना प्रवद्र्धकले नै धेरै गरेका छन् । बरु राजनीतिज्ञले सहरीकरण गरेका छौं । तर, अचम्मलाग्दो विषय के छ भने एउटै ठाउँमा भएका २ वटा आयोजनामध्ये एउटामा समस्या हुने र अर्कोमा नहुने गरेको छ । यसो हुनुमा एउटा प्रवद्र्धकले अर्कोको विरुद्धमा उचाल्ने गरेको पाइएको छ ।

ठाकुर गैर

सासंद, नेकपा एमाले 

ऊर्जा क्षेत्रलाई राष्ट्रिय महत्वको क्षेत्र घोषणा गरेर यसको द्रुत विकासको लागि अघि बढ्नुपर्छ । तर, जनताले उपयोग गर्ने विद्युत् नभएको अवस्थामा संकटकाल उपयुक्त हुदैन । अन्तर्राष्टिय सम्झौता हुँदैमा कार्यान्वयन हुन्छ भन्ने हुदैन् । सम्झौता कार्यान्वयन होइन् भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने भने पनि नगर्न सक्छ ।

शंकर भण्डारी 

सासंद, नेपाली कांग्रेस 

जलस्रोत विकासका लागि एउटा राष्ट्रिय नीति आवश्यक रहेको छ । जलस्रोतको राष्ट्रिय नीति भइदिएको भए अन्तर मन्त्रालयदेखि स्थानीय स्तरसम्ममा देखिएका समस्याहरु समाधान गर्न धेरै सहज हुने थियाे । वन क्षेत्रको संरक्षण गर्न आवश्यक नीतिहरु बनाउनुपर्ने तर वनकै कारण जलविद्युत आयोजनाको विकास रोकिन हुदैन् ।

दीपक बहादुर सिंह

सासंद, राष्ट्रिय प्रजातन्त्र पार्टी

देशको व्यापार घाटा कम गर्ने, विदेशी मुद्रा आर्जन गर्ने र विदेसीने जनशक्तीलाई रोक्न सक्ने एउटा मात्रै क्षेत्र जलविद्युत हाे । यसको विकासमा सहयोग पुग्ने गरी एउटा समन्वय समिति बनाएर जानुपर्छ । समन्वय समितिको नेतृत्व ऊर्जा मन्त्रालयले गरेर ७ वटा मन्त्रालय र २३ वटा विभाग धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । मिलेर काम गर्नुपर्ने र इप्पानले पनि अरूकाे दाेष देखाउने आफ्नाे लुकाउने गर्नुभएन् ।

सिके राउत

सासंद,जनमत पार्टी

कुनै पनि विकास आयोजना बनाउँदा स्थानीय जनतालाई कसरी अधिकतम लाभ दिन सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्छ । जनतालाइ असर पर्नेगरी आयाेजना बनाउन पाइदैन् । लगानीलाइ प्राथमिकता दिएर नागरिकलाइ असर पार्नुहुदैन् । ऊर्जा क्षेत्रमा संकटकाल लगाउने भनेकाे सुनियाे । यसाे गर्नु हुदैन । व्यवसायीकाे लाभकाे लागि स्वतन्त्रताकाे निलम्बन सह्य हुदैन् ।

शुसिला श्रेष्ठ

सांसद, जनता समाजवादी पार्टी

ऊर्जा विकासमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्छ । विद्युत बढी भएर खेर जाने अवस्थामा यसको मूल्य घटाउन किन नसकिने ?  विद्युत बढी उत्पादन भएर खेर जाने अवस्थामा जनतालाई सस्तो मूल्यमा दिन सके अहिले पनि खाना पकाउनमा खपत हुन्छ ।

प्रेम महर्जन

सासंद, नेकपा एमाले 

ऊर्जा क्षेत्र विकासकाे विषयमा सासंद उदासीन नभएकाे बरू उत्साहित रहेकाे छ । सरकारले बरू विधेयक अगाडी बढाउन सकेकाे छैन् । संकटकाल लगाउने विषयमा थप वृहत् छलफल र जनतालाइ बुझाउनुपर्छ ।

विना लामा

सासंद, राष्ट्रिय प्रजातन्त्र पार्टी

ऊर्जा क्षेत्र विकासका लागि वन र भुमि सुधारकाे क्षेत्रमा काम गर्नुपर्नेछ ।

दिल्ली बहादुर सिंह

अध्यक्ष, विद्युत नियमन आयोग

इप्पानले उठाएका माग जायज छन् । राजनीतिक सहमति गरेर जाँदा स्थानीय समस्या धेरै हदसम्म कम हुन्छन् । अहिले विद्युत क्षेत्रमा प्रशारण लाइनका कारण धेरै समस्या आएको छ । यसको समाधानमा सहयोग पुग्ने गरी प्रसारणलाइन ग्रिड कोड निर्देशिका जारी गरिएको छ ।

गणेश कार्की

अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)

अहिले नेपालले बिजुली बेचेर वैदेशिक मुद्रा आर्जन गरिरहेको भएपनि उद्योगले मागेजति बिजुली पाइरहेका छैनन् ।  प्रवर्द्धकले उत्पादन गरेको बिजुली खेर गइरहेको छ । जलविदूत् विकासमा प्रसारण लाईन निर्माण महत्वपुर्ण रहेको छ । तर, निर्माणको लागि वन मुख्य अवरोधक रूपमा रहेकाे छ । जलविद्युत महत्वको क्षेत्र हो भनेर सबैले भन्ने गरेका छन् ।  तर वनका कारण एउटा टावर गाड्नै ५ वर्षसम्म समय लाग्ने गरेको छ । यसको समाधानका लागि कतैबाट पनि पहल भएकाे छैन् । विद्युत् प्रसारण लाईन निर्माणमा सरोकारवालको यस्तै उदासीनता रहे विद्युत उत्पादन बढ्दै जानेछ । तर, प्रसारणलाइन अभावमा न देश भित्र खपत हुने, न विदेशमा निर्यात नै गर्नसक्ने अवस्था आएकाे छ । यसले निकट भविस्यमा अर्थतन्त्रमा ठूलो ‘डिजास्टर’ ल्याउने  देखिन्छ ।

प्रकाश दुलाल

उपमहासचिव, इप्पान 

नेपालको उर्जा उत्पादनको क्षमता करिब २ लाख मेगावाट रहेको भएपनि अहिले करिब ३ हजार मेवा मात्रै उत्पादन भइरहेकाे छ । अहिले निर्माणाधिन ४ हजार ४५२ मे.वा., निर्माण तयारीमा ९ हजार ६३२.८ मे.वा. छन् । विद्युत् विकास विभाग तर्फ (निजी क्षेत्र) ६३७ आयोजना ३१ हजार ३९१ मेवा., सरकार आफैले गरेका २२३ आयोजना १५ हजार २३४ मेवा लगानी बोर्डमार्फत ७ आयोजना ४ हजार ७६२ मे.वा, जलासययुक्त बहुउदेश्य ठुला ३ आयोजना १९ हजार ७८० मे.वा. गरि जम्मा ८८० आयोजनामार्फत ७१ हजार १६७ मे.वा का आयोजनाहरु पहिचान भएर कुनै कुनै हिसाबले अगाडि बढिरहेका छन् ।

संसदबाट उर्जा विकास दशक पारित गरि वन, वातावरण र भुमि सम्वन्धी कानुनका केही बुँदाहरु निलम्बन गर्न उर्जा संकटकाल लगाउनुपर्छ । १० वर्षमा ३० हजार मे.वा विद्युत् बनाउन तत्काल विद्युत ऐन जारी जारी गर्नुपर्ने, विद्युत् विक्रीमा भ्याट लगाउनुपर्ने, उर्जा क्षेत्रमा बैकहरुको लगानी १० वर्षमा २० प्रतिशत पुर्याउनुपर्छ ।  उर्जा विकासमैत्री राजनैतिक वातावरण बनाउनुपर्छ ।  निजी क्षेत्रलाई आन्तरिक तथा वाह्य विद्युत् व्यापार गर्न अनुमती दिनुपर्छ ।

शेयरको लकिंग पिरियड हटाउने, आयोजनाको अवधीपछि सर्वसाधारणको लगानी के हुने हो स्पष्ट पार्ने, आयोजना निर्माण सम्पन्न भएको १० वर्ष पुरै र बाँकि १५ वर्ष ५० प्रतिशत करछुट दिने, वन क्षेत्रको जग्गा उपयोग र रुख कटानमा सहज बनाउने, पिपिएको लागि आवेदन गरेका १२ हजार मेवाका विद्युत् आयोजनाहरुको विद्युत खरीद बिक्री सम्झाैता गर्नुपर्छ ।  विस्फोटक पदार्थको सहजिकरण र निजी क्षेत्रलाई विस्फोटक पदार्थ उत्पादन गर्न दिन, विद्यूत् खपत वृद्धिको लागि गुणस्तरिय तथा सर्वसुलभ विद्युत वितरण प्रणाली विकास गर्न, विद्युत ऐन अनुसारको विद्युत् अनुमतीपत्रको समयावधी ५० वर्ष गरिदिनपर्छ ।

सिमेन्ट उद्योग सरह उर्जा उद्योेगलाई पुर्वाधार निर्माणमा सहुलियत दिन, विद्युत आयोजनाहरुमा विशेष सुरक्षा व्यवस्था गरिदिन र ७ मन्त्रालय, २३ विभाग र सयौं टेवुल धाउनुपर्ने वाध्यताको अन्त्य गरि एकद्धार प्रणाली लागु गर्नुपर्छ । १० वर्षमा ३० हजार मे.वा बनाउने हो भने निर्माण अवधीमा सरकारलाई भ्याट वापत ४ खर्व ६५ अर्व र निर्माण सम्पन्न भएपछि १५ वर्षसम्म वार्षिक २१ अर्व र १६ वर्षदेखि वार्षिक १ खर्व २० अर्व रोयल्टी प्राप्त हुनका साथै निर्माण क्रममा वार्षिक ९ लाख र निर्माण सम्पन्न भएपछि १ लाख ५० हजार दिर्घकालिन रोजगारी सिर्जना हुनेछ । १० वर्षमा ३० हजार मेवा निर्माणको लागि ६० खर्व र उत्पादित विद्युत्को प्रभाहको प्रसराण लाईन निर्माणमा ७ खर्व ६२ अर्व र वितरण लाईन निर्माणको लागि ४ खर्व १२ अर्व गरि जम्मा ७१ खर्व ७८ अर्व रूपैयाँ रकम आवश्यक हुनेछ ।

आगामी १० वर्षमा आन्तरिक खपत १० हजार मे.वा. (अहिलेको खपत २ हजार मेवामा ८ हजार मे.वा थप गर्दा अहिले भइरहेको करिब ३ खर्व बराबरको पेट्रोलिय पदार्थको खपतमा ५० प्रतिशत कटौती) हुँदा करिब १ खर्व ५० अर्व वैदेशिक मुद्राको बचत हुनेछ । त्यस्तै, १५ हजार मे.वा. (करिब ४ हजार ७०० मे.वा. भारतीय लगानी बाहेक) विद्यत् निर्यातबाट ६ खर्व ७५ अर्व वैदेशीक मुद्रा आर्जन हुनेछ । यसले आ.व. ०७९/८० को व्यपार घाटा करिब १५ खर्वको ६० प्रतिशत व्यपार घाटा कम गर्न सकिनेछ ।


Read Previous

माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन

Read Next

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी शुरू

Leave a Reply

Your email address will not be published.