Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा   


काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले अब २ हजार ५ सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।

भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानी बापत प्रतिपटक अधिकतम अमेरिकी डलर २ हजार ५ सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन् । त्यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने उल्लेख छ ।

एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालू आवमा थप दुई पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम २ सय अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।


Read Previous

जलविद्युतमा कर्मचारी सञ्चय कोषको ७३ अर्ब बढी लगानी

Read Next

ब्याजदर करिडोरको तल्लो सीमा साढे ४ प्रतिशतमा झर्याे   

Leave a Reply

Your email address will not be published. Required fields are marked *