Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रष्ट जवाफ माग गर्ने जानकारी दिए ।

व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको लागि पहल गर्ने, समाजवादी मोर्चाका दलबीच मतभिन्नता भए पनि साझा बुँदामा सहमति जनाउने, मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपङ्क्तिलाई प्रष्ट पार्ने सो पार्टीले निर्णय गरेको छ । प्रवक्ता खतिवडाले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनातामा आशा जगाएको पार्टीले ठहर गरेको बताउँदै भ्रष्टाचार विरुद्धको अनुसन्धान तथा कारबाही कुनै पनि बहानामा नरोक्न आग्रह गर्नुभयो ।

‘कृषिमा खपत नहुने श्रमशक्तिलाई उद्योगमा स्थानान्तरण गर्दै मुलुकलाई समृद्धि र समाजवादको बाटोमा अगाडि बढाउन अब ढिलो भइसकेको छ, यो बैठक, कृषि क्षेत्रमा ठोस, योजनाबद्ध र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।


Read Previous

विद्युतीय व्यापार विधेयकले उपभोक्ता र सेवाप्रदायक दुवैलाई संरक्षण गर्छ : मन्त्री रिजाल

Read Next

धौरागिरि आधार शिविर जोड्ने पदमार्ग पहिराले बगायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *