Nepal Purbadhar

गत वर्ष ४९१ मेगावाट विद्युत उत्पादन


काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा ४९१ मेगावाट बराबरको विद्युत उत्पादन भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, २५ आयोजना निर्माण सम्पन्न भई यति धेरै विद्युत उत्पादन भएको हो । हालसम्म २६ सय ८५ मेगावाट उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षमा २१ सय ९४ मेगावाट उत्पादन थियो ।

आर्थिक वर्ष २०७९/८० को बजेटका अनुसार, गत वर्ष ७१५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य थियो । लक्ष्यभन्दा २२४ मेगावाट विद्युत उत्पादन कम भएको हो ।

IPPs' Projects Commissioned in FY 79-80

Read Previous

गत आवमा करिब ८० प्रतिशत बजेट खर्च

Read Next

पेट्रोलियम पदार्थको मुल्य घटेलगतै सार्वजनिक यातायातमा ३ प्रतिशत भाडा घट्यो