Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण काहुलेमा बन्याे साेलार लिफ्टिङ खानेपानी आयोजना,साढे २ सय बढी घरधुरी लाभान्वित नेपाल पूर्वाधार विशेषांक २०८०

सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट, अब उच्च गतीको इन्टरनेट चलाउन सकिने


सोलुखम्बु । नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्क सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ ।  तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहन गरेको ७० औं वार्षिकोत्सवको अवसरमा २ गाउँमा फाइबर इन्टरनेट पुर्‍याइएको हो ।

आईतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजनाको औपचारिक सुरूवात गरिएको छ । उक्त कार्यक्रममा सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी, न्युजल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगायको उपस्थिति रहेको थियो ।

खुन्दे र खमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधिलाई फाइबरमा अपग्रेड गरिएको छ । फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहन गर्न आउने आरोहीले अब उच्च गतीको गुणस्तरीय इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

फाइबर पुगेपछि अब खमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान हुनेछ । पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने छ । घरहरूमा जोडिन इन्टरनेट सस्तो शुल्कमा उपलब्ध गराइने छ । उच्च गतीको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलिहेल्थको पहुँचसँगै नयाँ आम्दानीको अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसले सगरमाथा आरोहण गर्न आउने आरोहीलाई समेत आकर्षण गर्ने बताइएको छ । फाइबर पछि खुन्दे र खम्जुङ गाउँमा सुरक्षा प्रणाली समेत जडान गर्ने योजना रहेको छ । उक्त प्रणालीले स्थानीय गाउँबाट टाढा गएका भएका बेला आफ्नो घर र जनावरको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । खुन्दे र खमजुङमा होमस्टेको समेत व्यवस्था रहेको छ, जहाँ शेर्पाहरूको सस्कृति प्रत्यक्ष रूपमा अनुभूति गर्न पाइन्छ ।


Read Previous

बजेट २०८०/०८१ : वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत   

Read Next

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आवभन्दा २३ अर्ब बढी

Leave a Reply

Your email address will not be published.