काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको बढ्दो माग व्यवस्थापन गर्न ३ महिनासम्म पुग्ने पेट्रोलियम भण्डारण गर्न मिल्ने गरी भण्डारण क्षमता वृद्धि गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट प्रस्तुत गर्दै पेट्रोलियम भण्डारण क्षमता वृद्धि गर्ने घोषणा गरेका हुन् ।
उनले यसका लागि पोखरामा पोखरामा हवाइ इन्धन भण्डारणगृह निर्माण गरिने बताए । उनले अमलेखगन्जमा पनि निर्माण भइरहेका थप २ वटा इन्धन भण्डारण गृहको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने बताए । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरे ।