Nepal Purbadhar

बजार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरुको जोड


काठमाडौं । च्याङग्रा व्यवसायमा संलग्न सरोकारवालाहरुले बजार सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । युरोपियन युनियन (इयु)को सहयोगमा संचालीत ईयु नेपाल ब्यापार तथा लगानी कार्यक्रमको सहयोग र नेपाल पश्मिना उद्योग संघको ब्यबस्थापनमा च्याङग्रा व्यवसायमा संलग्न सरोकारवालाहरुले बजार सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका हुन । आइतबार डोल्पाको दुनैमा भएको छलफलमा छार्का ताङ्सोङ्ग, डोल्पो बुद्ध र शे फोक्सुन्डो गाउपालिकामा जनप्रतिनिधि, व्यापारी, उद्योगी, च्याङग्रा पालक किसान लगायतको सहभागिता थियो ।

छलफलमा सहभागी किसानले अझै पनि आफ्नो बजार सुनिश्चितता नभएको भन्दै यसका लागि सरकार र सबै सरोकारवाला निकायले चासो दिएर अघि बढ्नुपर्ने बताएका थिए भने पश्मिना व्यवसायीले किसानबाट उत्पादित भुवालाई आफुहरुले बजारको सुनिश्चितता दिने प्रतिवद्धता जनाएका थिए ।

डोल्पो बुद्ध गाउपालिका अध्यक्ष कार्मा छोईबेल गुरुङले आफ्नो क्षेत्रमा च्याङ्ग्रा उत्पादन र गुणस्तर सुधारका लागि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा ईयु नेपाल ब्यापार तथा लगानी कार्यक्रमद्वारा तालिम प्रदान गरि उत्पादन गरिएका प्रशिक्षकद्वारा च्याङ्ग्राको भुवालाइ काईयोले कोर्ने आधुनिक बिधि बारे जानकारी दएिका थिए ।

सोही कार्यक्रमबाट ३ वटै स्थानीय तह शे फोक्सुन्डो, छार्का ताङ्ग्सोङ्ग र डोल्पो बुद्ध गाउपालिका विभिन्न स्थानमा च्याङ्ग्रा पालक कृषकलाई लक्षित गरि भुवाको बैज्ञानिक संकलन विधि बारे प्रशिक्षक प्रशिक्षण तालिम गरिएको युरोपियन युनियन नेपाल ब्यापार तथा लगानी कार्यक्रममा परामर्श दाता सिचन श्रेष्ठले जानकारी दिए ।

Facebook Comments

Read Previous

हरित हाइड्रोजनको प्रगति ऊर्जा मन्त्री समक्ष पेश,नीति चाँडै ल्याउने बस्नेतको प्रतिबद्धता

Read Next

खानेपानीकाे पहुँच पुर्याउन ‘लिफ्टिङ’ गरेर पानी ल्याइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar