Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

बजेट अभावले पूरा हुन सकेनन् पर्वतका ७६ खानेपानी आयोजना


पर्वत ।  लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका  ६ दर्जन बढी खानेपानी आयोजना अलपत्र अवस्थामा पुगेका छन् । एक घर एक धारा पुर्याउने लक्ष्यसहित २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौं रूपैयाँ लागतका ती खानेपानी आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् ।

जिल्लाका ७ वटै पालिकामा रहेका ती आयोजनालाई पूर्णता दिन तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । उक्त कार्यालयका इञ्जिनियर शिवशङ्कर शाहका अनुसार हाल जिल्लाभर ३ करोडदेखि २० करोड रुपैयाँ लागत अनुमानका ७६ खानेपानी आयोजना छन् । ती सबै आयोजना सम्पन्न गर्न चालू वर्षको दररेटअनुसार करिब ३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्दछ ।

मन्त्रालयबाट आउने बजेट बर्सेनि ५ प्रतिशतभन्दा बढ्न सकेको छैन । सबै आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न हुनुपर्ने हो । ती आयोजनाको लागत अनुमानअनुसार काम हुन बर्सेनि कम्तीमा ५० करोड रुपैयाँ बजेट आवश्यक पर्नेमा चालू वर्ष झण्डै १३ करोड रुपैयाँ मात्रै आएको उनले बताए ।

“यो वर्ष आवश्यक बजेटको ५ प्रतिशत पनि बजेट छैन”, इञ्जिनियर शाहले भने, “हामीले सबै काम द्रुतगतिमा गर्छौं भनेर भएन । सबै आयोजना पाइपलाइनमै छन् । बजेटै नभएपछि काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नहुँदै भग्नावशेषमा परिणत भएका छन् । बजेट अभावका कारण फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता दिनसमेत सकिएको छैन ।”

जिल्लाका अधिकांश आयोजना उपभोक्ताको सहलगानीमा सञ्चालित छन् । प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद जम्मा गर्नुपर्छ । सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सके पनि बजेट अभावकै कारण कार्यालयले काम अघि बढाउन नसकेको हो । घरघरै पानी पाउने आशामा श्रमदान र मर्मतसम्भार कोष जम्मा गरेका वाहाकी शालिग्राम खानेपानी आयोजनाका उपभोक्ता पानीको आसैआसमा पुस्ता बित्न लागेको भन्दै निराश बनेका छन् ।

२ वर्षमा सक्नेगरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बृहत् शङ्करपोखरी खानेपानी आयोजनाको  अनुमानित लागत १८ करोड रुपैयाँ थियो । उक्त आयोजनाका लागि बर्सेनि १८ देखि २० लाख रुपैयाँका दरले मात्रै बजेट प्राप्त भए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीयवासी कमल भुसालले बताए ।

३ वर्षमा सक्नेगरी २०७५ मा सुदूर दक्षिणमा सुरु गरिएको वहाकी शालिग्राम खानेपानी आयोजनाको काम नसक्दै जीर्ण बनेको छ । वाहाकी र शालिग्रामका २ सय ५० घरधुरीलाई एक वर्षमा घरघरै धारा पु्यार्उने लक्ष्यसहित सुरु गरिएको आयोजना अपुरो बनेको हो ।

यो आयोजनालाई चालु वर्ष १० लाख रुपैयाँ मात्रै बजेट रहेको कार्यालयले जनाएको छ । २०६४ मा सुरु भएको मोदी गाउँपालिका–६ को चित्रे–तिलाहार खानेपानी आयोजना पनि निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको उपभोक्ताको गुनासो थियो ।

उक्त आयोजनाका लागि चालू वर्षमा १८ लाख मात्रै बजेट विनियोजन भएको छ । २०७१ मा ८ करोड रुपैयाँ लागत अनुमान गरी सुरु गरिएको लुङ्खु खानेपानी आयोजना बजेट अभावकै कारण अलपत्र बनेको स्थानीय जीवन उच्चै ठकुरीले बताए ।

दक्षिण पर्वतको पैँयु गाउँपालिकाको केन्द्र हुवासमा सुरु गरिएको हुवास छहरा खानेपानी आयोजनाको हालत पनि उस्तै छ । झण्डै ८ हजार स्थानीयवासीलाई घरघरै धारा पुर्याउने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजना डेढ दशक बितिसक्दा पनि पूरा हुन नसकेकाले स्थानीयवासी आक्रोशित भएका छन् ।

एक घर एक धारा पुर्याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १५ वर्षअघिदेखिका योजनासमेत पूरा हुन नसकेको इञ्जिनियर शाहले बताए ।


Read Previous

रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमकाे परीक्षण उडान, हरेक शुक्रबार उडान भर्ने

Read Next

८९ प्रतिशत महिला तथा ९० प्रतिशत पुरुषहरूमा औपचारिक वित्तीय सेवाको पहुँच 

Leave a Reply

Your email address will not be published.