Nepal Purbadhar

उडड्यन क्षेत्रलाई कार्बनरहित बनाउन पर्यटन मन्त्रालयले सुरु गर्यो पहल


काठमाडौं । काठमाडौं विश्व विद्यालय ग्रिन हाइड्रोजन विज्ञ समूहले देशको उड्डयन क्षेत्रलाई कार्बनरहित बनाउन सरकारी तयारीबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग छलफल गरेको छ । केयुका सह–प्राध्यापक एवं हरित हाइड्रोजन ल्यावका प्रमुख विराजसिंह थापा, केयुका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामा र ग्रिन हाइड्रोजन स्कलर इन्जिनियर लक्ष्मण लामासहिते विज्ञ समूहले मंगलबार मन्त्री किरातीसँग छलफल गरेको हो ।

विश्वको धेरै पेट्रोलियम इन्धनबाट चल्ने हवाई इन्धनलाई क्रमिक रुपमा विष्थापन गर्न र हाइड्रोजन इन्धनलाई हवाई जहाज इन्धनको रुपमा प्रयोग गर्न सरकारले आवश्यक नीति, नियम, कानुन र पूर्वाधार विकास गर्नका लागि निम्ति पहिलो प्रारम्भिक पहल सुरु भएको समूहमा सहभागी डा. लामाले बताए । उनले मन्त्री किरातीसँग अहिले प्रारम्भिक चरणको छलफल भएको बताए ।

‘हाम्रो उड्डयन क्षेत्र अहिले पनि कार्बन उत्सर्जन गर्ने इन्धनबाट चलिरहेको छ । हवाई इन्धनको विकल्प हरित हाइड्रोजन बन्न सक्ने अध्ययनले देखाइरहेकाले हामीले पनि मन्त्री ज्यूलाई यसबारेमा बुझाउने प्रत्यत्न गर्यौं’, उनले भने ।

उनले अधिक कार्बन उत्सर्जन गर्ने उड्डयन क्षेत्रलाई हरित इन्धनले प्रतिस्थापन गर्न सकिने सम्भावनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरण, उड्डयन व्यवसायी सबैको संलग्नता रहने गरी वृहत छलफल गर्न किरातीले प्रतिबद्धता जनाएको पनि उनले बताए ।
अब पर्यटन मन्त्रालयले चाँडैनै सरोकारवालासाग औपचारिक अन्तरक्रिया कार्यक्रम गरी नेपाललाई हाइड्रोजनबाट हवाई उद्योगलाई कार्बनरहित क्षेत्र बनाउने गरी पहल बढाइने प्रतिवद्धता मन्त्रीले छलफलमा जनाएका थिए ।

Facebook Comments

Read Previous

‘प्रसारण पूर्वाधार तयार हुँदा नेपालको विद्युत सिंगापुरको बजारसम्म पुग्छ’

Read Next

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar