Nepal Purbadhar

ऊर्जा परियोजनाले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबीच सरसापटी लिन सक्ने सहमति


काठमाडाैं ।  पूवार्धार परियाेजनाकाे लागि अत्यावश्यक विस्फोटक पदार्थको व्यवस्थापनबारे  स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था नेपाल (इप्पान) र नेपाली सेनाबिच आइतबार उपलब्धीमूलक छलफल भएको छ । छलफलमा आवश्यक परेमा ऊर्जा परियोजनाहरुले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबाट सरसापटी लिन सक्ने सहमति भएको छ ।

यसअघि यस्तो व्यवस्था नहुदा कुनै परियोजनामा विस्फोटक पदार्थ अभाव भएमा अर्को परियोजनाबाट सापटी लिएर चलाउन सकिदैनथ्यो । फलतः सम्बन्धित परियोजनाको विस्फोटक पदार्थ नआएसम्म काम ठप्प हुने गरेको थियो । यस्तो समस्या समाधानको लागि ईप्पानले लामो समयदेखि नेपाली सेनासँग पहलकदमी गर्दै आएको थियो ।

यस्तो समस्या कुनै आयोजनाहरुलाई परेको भए तत्कालै आफ्नो आयोजना नजिकको नेपाली सेनाको कार्यालयमा विबरण उपलब्ध गराएमा समस्याको हल गरिदिनेबारेमा पनि नेपाली सेनाले सहमति जनाएको  छ ।

छलफलमा विस्फोटक पदार्थको ढुवानी र भण्डारणमा थप सहज बनाउन सेनाले सहजीकरण गर्ने बारेमा पनि सहमति भएको छ ।  छलफलमा ईप्पानका तर्फबाट सचिव बलराम खतिवडा र कोषाध्यक्ष आनन्द चौधरी सहभागी थिए ।


Read Previous

पुलले जोड्यो पालिकाको केन्द्र, स्थानीय खुसी

Read Next

निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएनः उपाध्यक्ष श्रेष्ठ