Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दरौदी कोरिडोर १३२ केभी प्रसारण लाइन निर्माणको शिलान्यास


गाेरखा। गोरखा जिल्लामा निर्माण हुन लागेको केराबारी–मर्स्याङ्दी (दरौंदी कोरिडोर) १३२ केभी. विधुत प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास  गरिएकाे छ । उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष  दिनेशकुमार घिमिरेले आइतबार शिलान्यास गरेका हुन् ।

आयोजना अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिका-१ मा १३२ के.भी. को केराबारी सव–स्टेशनदेखी तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपलिका-२ स्थित न्यु–मर्स्याङ्दी (मार्किचोक) सव-स्टेशनसम्म करिब ३२ कि.मी. लामो डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ। १०७ वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको हो।

शिलान्यास कार्य सम्पन्न भए पश्चात राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका तर्फबाट आयोजनाका प्रबन्धक देवेश सैंजुले आयोजनाको संक्षिप्त जानकारी गराउँदै यस प्रसारण लाइनले चेपे तथा दरौंदी खोलामा निर्माण गरिने विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब १२० मेघावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जानकारी गराए ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र प्रसाद ज्ञवालीले छुट्टाछुट्टै प्रसारण लाइन निर्माण गर्नु भन्दा एउटा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएकाले यस आयोजना अगाडि बढाइएको उल्लेख गरे ।  यस आयोजनाबाट दरौंदी तथा चेपे खोलामा निर्माण गरिने जलविद्युत आयोजनाहरु लाभान्वित हुने उनकाे भनाइ छ । ‘यो प्रसारण लाइन नदि कोरिडाेरका धेरै विद्युत आयोजनालाई समेट्ने गरि बनाइएको साझा प्रसारण लाइन भएकाले  विकासको एक मोडेलको रुपमा स्थापित हुनेछ’ उनले भने ।

गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले प्रसारण लाइन आयोजनाहरुबाट हुने विविध क्षतिहरु न्युनिकरण गर्न एकिकृत प्रसारण लाइन निर्माण गर्नु पर्ने आवश्यकता औँल्याए । साथै जिल्ला प्रशासन कार्यालयबाट आयोजना निर्माणमा आवश्यक सहयोग/सहजीकरण गर्ने प्रतिबद्धता गर्दै आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरे ।

उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले आयोजना प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायहरु द्वारा दर्शाइएको आयोजना प्रतिको अपनत्वको सराहना गरे । देशमा तिब्र दरमा उत्पादन भइरहेको बिजुलीलाई लोड सेन्टरहरुमा पुर्याउनको निम्ति प्रसारण गुरुयोजना तयार पारिएको र सोहि बमोजिम राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्राथामिकीकरण गरी आयोजनाको निर्माण कार्य द्रुत गतिमा बढाइएको उल्लेख गरे ।

‘सरकारले सकेसम्म कम वातावरणीय क्षती हुने गरी सबै प्रवर्धकहरुले उत्पादन गर्ने विद्युत साझा प्रसारण लाइनबाट प्रवाह गराउने नीति लिएको छ’ उनले भने । त्यसको लागि थप नीतिगत सुधारहरु समेत भइरहेको जानकारी गराए ।  राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आयोजना चाँडो भन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिदै आयोजना सफलता पुर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले आयोजनालाई आवश्यक पर्ने सहयोगको लागि मन्त्रालय सदैब तत्पर रहेने प्रतिबद्धता व्यक्त गरे ।

गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण राना मगर तथा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले आयोजनालाई स्थानीय तहबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे । कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सह सचिव सन्दिप कुमार देब, अर्थ मन्त्रालयका सह सचिव  रघु राम बिष्ट, विधुत विकास विभागका महानिर्देशक  चिरन्जीवी चटाैत, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र प्रसाद ज्ञवाली लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति थियो ।


Read Previous

साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार

Read Next

लुम्बिनीको विकासबारे अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *