Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

सामुदायिक विद्युतीकरणका अभियान्ताको साहित्यिक यात्रा


काठमाडौं । नारायण ज्ञवालीको पहिचान र परिचय बनिसकेको छ सामुदायिक विद्युतीकरण तर २० बर्षदेखि सामुदायिक विद्युतीकरणमा सक्रिय अभियान्ता ज्ञवालीको कविको अर्को पनि परिचय थपिएको छ ।

ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ भर्खरै सार्वजनिक भएको छ । २०७५ देखि २०७९ फागुनसम्म लेखिएका समसामयिक कविता तथा गीति रचनाहरू कृतिमा समेटिएको छ । ‘विद्युतीयकरणको अभियानसँगै साहित्यमा पनि मेरो रुची छ, यही कारण मैले बेला बेलामा लेखेका कविताहरु समेटेर गथासो प्रकाशित भएको छ ।’ उनी भन्छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १८ औं राष्ट्रिय परिषद् बैठकको महत्वपूर्ण अवसर पारेर कृति लोकार्पण गरिएको थियो ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री दीपक ज्ञवाली, जलविद्युत विश्लेषक रत्नसंसार श्रेष्ठ ,माओवादी नेता लीलामणि पोखरेल लगायतको उपस्थितीमा उनको कविता संग्रह विमोचन गरिएको थियो । लोकार्पित पुस्तकका बारेमा अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक एवं युट्युबमा बहुचर्चित ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले समीक्षा गरेका थिए ।

गुल्मी वलेटक्सारवाट २०५९ सालमा त्यहिं स्थानिय अध्यक्ष भएर सामुदायिक विद्युतीकरणका अभियानमा उनी जोडिएका थिए । महासंघको गुल्मी संयोजक , केन्द्रीय सदस्य , उपाध्यक्ष, २ कार्यकाल महासचिव र २ कार्यकाल अध्यक्ष पुरा गरी उनी अहिले तेस्रोपटक पनि अध्यक्ष छन् ।

ज्ञवाली कविता र गीतमा रमाउने व्यक्तिको रुपमा चिनिन्छन् । उनी समय र परिस्थितीलाई हेरेर विभिन्न कार्यक्रमहरुमा तत्काल रचना गरेर गीत तथा कविता रचना पनि गर्छन । कृतिमा समसामयिक राजनीति, विभिन्न सांस्कृतिक चाडपर्वको महत्व, विजुली उत्पादन तथा खपतमा जनसचेतता तथा सहभागिता, आफ्नो गाउँप्रेम, परिवारका सदस्यबीचको हार्दिकता तथा मायामोह, बुबाआमाप्रतिको सम्मान र श्रद्धा, स्वस्थ रहनका लागि आवश्यक व्यायाम तथा योग आदिजस्ता बहुसरोकारका विषयमा अधिकतर लोकलयमा आधारित विविध स्वादमूलक रचनाहरू समेटिएका छन् ।


Read Previous

डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

Read Next

पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास

Leave a Reply

Your email address will not be published.