Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

न्यासिम खोला तोडफोड र आगजनी घटना अध्ययन गर्न छानबिन समिति गठन


काठमाडौं । सरकारले सिन्धुपाल्चोकमा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनामा स्थानीय समूहबाट भएको तोडफोड तथा आगजनीको घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले गत फागुन १९ गतेको प्रधानमन्त्री एवं गुहमन्त्रीस्तर निर्णय बमोजिम घटनाबारे सहसचिव सुमन घिमिरेको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिका अन्य पदाधिकारीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर बाबुराज अधिकारी, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी नीराजन श्रेष्ठ, उपत्यका प्रहरी कार्यलय रानीपोखरीका प्रहरी उपरीक्षक बासुदेव खतिवडा छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष गणेश कार्की र गृह मन्त्रालयकी उपसचिव कल्पना घिमिरे पनि छानबिन समिति सदस्य छन् ।

समितिले जुगल गाउँवालिकाको वडा नम्बर–३ मा सीता हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनामा अपराधिक समूहले आगजनी, तोडफोड गरी कर्मचारीमाथि समेत सांघातिक आक्रमण गरेको घटनाको सम्बन्धमा छानबिन गर्ने मन्त्रालयले जनाएको छ । समितिले जलविद्युत आयोजनामा सांघातिक आक्रमण गर्ने जस्तो आपराधिक क्रियाकलामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा क्षतिपूर्ति एवं शान्ति सुरक्षाको व्यवस्था गर्ने सम्बन्धमा सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्ने छ ।

गाउँमा विद्युतीय दुर्घटनामा परी एक जना बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयको भीडले गत फागुन १५ गते निर्माणाधीन आयोजना तथा काम गर्ने कर्मचारीमाथि सांघातिक आक्रमण गरेको थियो । आक्रमणमा परी आयोजनामा कार्यरत ७ जना घाइते भएका थिए ।

अनियन्त्रित भीडले आयोजनामा जथाभावी तोडफोड तथा आगजनी गर्न थालेपछि प्रहरीले समेत नियन्त्रण गर्न सकेको थिएन । स्थानीयको भीडले गरेको आक्रमणबाट आयोजनालाई १२ करोड रुपैयाँ बढीको आर्थिक क्षति भएको प्रवर्द्धक कम्पनीको दाबी छ ।


Read Previous

‘ऊर्जा क्षेत्रको विकासमा बाधक ऐन संशोधन, परिमार्जन तथा नयाँ निर्माण गर्न वर्तमान सरकार गम्भिर छ’

Read Next

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

Leave a Reply

Your email address will not be published.