Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

व्यापारिक विद्युत उत्पादन सुरु गरेको सोलुखोला (दूधकोसी) को औपचारिक उद्घाटन


काठमाठौं । सोलुखुम्बुको सोलु खोलामा निर्माण सम्पन्न भई व्यापारिक विद्युत उत्पादन सुरु गरेको निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजनाको औपचारिक उद्घाटन गरिएको छ । फागुन १७ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको आयोजनाको मंगलबार राजधानीमा विशेष कार्यकामको आयोजना गरी औपचारिक उद्घाटन गरिएको हो ।

प्रधानमन्त्री पुष्प कमल दाहालले आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको औपचारिक उद्घाटन गरे । औपचारिक विद्युत उत्पादन सुरु भएसँगै आयोजनाको प्रवर्द्धक साहस ऊर्जा कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्न सुरु गरेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हिम पाठकले २०७१ साल भदौ २९ गते कम्पनी गठन गरी आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गर्न पाउँदा खुशी लागेको बताए । उनले ५ मेगावाटको माथिल्लो हुग्दी खोला नामक सानो आयोजनाबाट जलविद्युतमा लगानी गर्न सुरुवात गरी अहिले स्वदेशी पुँजीबाट नै ८६ मेगावाटको आयोजना सम्पन्न गर्न सक्नु ठूलो उपलब्धी भएको बताए ।

‘आयोजना आर्थिक र प्राविधिकरूपमा आकर्षक छ भन्ने कुरा अध्ययनले देखाएपछि लगानी जुटाएर हामीले निर्माणमा लग्यौं,’ उनले भने,‘सफलता किताबमा होइन, मेहेनतमा रहेछ । यो आयोजनाको सफल निर्माणले निजी क्षेत्रले अब ५ सय मेगावाटसम्मको जलाशय जलविद्युत आयोजना पनि स्वदेशी पुँजीबाट निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास बढाएको छ ।’ उनले भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी तथा काम गर्ने क्रममा आएका जोखिम तथा समस्या समाधान गरी आयोजना सम्पन्न गर्न सक्नु आफ्नो मात्र नभई देशकै सफलता भएको बताए ।

कम्पनीका कार्यकारी निर्देशक सुशील थापाले आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा अहिले उपलब्ध कूल ऊर्जाको ३.५८ प्रतिशत योगदान पुर्याउने बताए । उनले देशको कूल ग्राहस्थ उत्पादनमा पनि आयोजनाले उत्पादन गरेको विद्युतको ०.३ प्रतिशत योगदान रहने बताए ।

‘हाम्रो आयोजना निर्माण हुँदा स्थानीय स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारीको अवसरहरू सृजना भए,’ उनले भने, ‘विद्युत उत्पादन सुरु हुन थालेपछि देशको अर्थतन्त्रमा नै योगदान सुरु भएको छ ।’ उनले निजी क्षेत्रका लागि जलविद्युतमा लगानी गर्न सहज वातावरण नभएको हुँदा वातावरण तयार गरिदिन उनले प्रधामन्त्री दाहाल समक्ष अनुरोध समेत गरे ।

उद्घाटन कार्यक्रममा आयोजनाको प्रवर्द्धक कम्पनीमा कार्यरत कर्मचारी, सञ्चालक समिति सदस्य, सल्लाहकार, परामर्शदाता, सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माण गर्ने ठेकेदार कम्पनी तथा ऋण लगानीको अगुवाई गर्ने बैंकलाई कदरपत्रबाट सम्मान समेत गरियो ।

आयोजनाबाट गत माघ २७ गतेबाट परीक्षण उत्पादन सुरु गरिएको थियो । परीक्षणको अवधि पूरा भएपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन थालिएको हो । आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १२ किलोमिटर दूरीमा रहेको सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमा जोडिएको छ । आयोजनाले अहिले सुख्खा याममा ३० मेगावाट हाराहारीमा विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएसँगै अब वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन गर्न सम्भव हुनेछ । बर्खामा सबैभन्दा बढी ४१९।९३ गिगावाट घन्टा र हिउँदमा १००।२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न करिब १२ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ बराबर लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको निर्माण सुरु हुनुअघि २०७१ साल फागुन १३ गते प्रवर्द्यधक कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो । आयोजनाको स्वपुँजी लगानीको ७० प्रतिशत संस्थापक छ । ३० प्रतिशत सर्वसाधारणको लगानी छ । संस्थापक सेयरमा लगानी गर्ने ८ हजार १ सय १५ जना संस्थापक सेयरधनी छन् ।


Read Previous

खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार सम्भव

Read Next

नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’ अध्यक्षको जिम्मेवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *