Nepal Purbadhar

कालोपत्रे सडकको बीचमा खम्बा


चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै खम्बा गाडेपछि आवतजावतमा समस्या भएको छ ।

कालोपत्र गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नापजाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताए । ‘कुनै जानकारीविना सडक निर्माण भयो, मेरो अधिकांश जग्गा सडकमा परेको छ’, उनले भने, ‘यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन ।’

नौडिहवाको दक्षिणतर्फ रहेको कालोपत्र सडकमै खम्बा गडेपछि त्यस सडकमा सवारी साधन चलाउन र हिँडडुलसमेत गर्न नसकिने अवस्था छ । सडक बनाउँदा नापजाँच भए पनि पछि पुनःथारुले नापजाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बञ्जाडेले जानकारी दिए । उक्त क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बञ्जाडेले बताए ।

सडकमै खम्बा गाड्नु गैरजिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीले बताए । नापी गर्ने निकायले फरकफरक नापी गर्दा स्थानीयमा विवाद र समस्या निम्तिएकाे हाे । सडकको बीचमा खम्बा हुँदासम्म सरोकार निकाय मौन रहेकाले छिटोभन्दा छिटो निकास हुनुपर्ने उनकाे भनाइ छ ।

Facebook Comments

Read Previous

हिमाली दृश्यावलोकनका लागि उपयुक्त तिखाचुली पर्यटनसँग जोडिदै

Read Next

नुवाकाेटमा ४५ क्रसर उद्योग सञ्चालनमा आए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar