Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा


काठमाडाैं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो ।

झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादरसमेत कायम गरिएको छ । साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म ५ सय, यातिम्छाचोकबाट दिक्तेलसम्म ४ सय ५० तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म ४  सय  रूपैयाँ भाडादर कायम गरिएको छ ।

यस्तै लामदुवाली–दिक्तेल ३ सय ७०, चम्पा–दिक्तेल ३ सय ५०, चिउरीडाँडा–दिक्तेल ३ सय, दुम्ली–दिक्तेल २ सय ६०, रुवाबु–दिक्तेल २ सय ४०, च्यानडाँडा–दिक्तेल १ सय ८० र मोहोरिया–दिक्तेल १ सय ३० रूपैयाँ भाडादर कायम गरिएको छ ।

दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्न १० किलोसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकिलो रु चारका दरले भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।


Read Previous

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

Read Next

भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *