Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला


काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपैयाँको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार तीन सय रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाको स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । यसमा अतिप्रभावित क्षेत्र सङ्खुवासभाको साविक सिद्धिकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र अतिप्रभावित क्षेत्रबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ । स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ९ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्ने छ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, मादी नगरपालिका–७, चैनपुर नगरपालिका–३ स्थित रेडक्रस भवन, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभामा चार दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


Read Previous

नवलपुरबाट निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको संख्यामा वृद्धि

Read Next

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

Leave a Reply

Your email address will not be published. Required fields are marked *