काठमाडौं । दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ।
सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस-२३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो। ग्यालेक्सी एस- २३ श्रृङ्खला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ।
ग्यालेक्सी एस-२३ अल्ट्रा, ग्यालेक्सी एस-२३ प्लस र ग्यालेक्सी एस-२३ उपलब्ध भएका देशहरूको सङ्ख्या क्रमशः बढेर करिब १३० पुग्ने सामसुङले जनाएको छ।
पछिल्लो सात दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १.०९ मिलियन पुगेको छ, जुन ग्यालेक्सी एस- २२ श्रृङ्खलाको लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डरको अघिल्लो रेकर्डलाई उछिनेको छ।
सामसुङको मोबाइल फोन व्यवसायका प्रमुख टीएम रोहले भने, ‘यस वर्षको लागि आएको पूर्व मागको सङ्ख्याले हाम्रा ग्राहकहरूको हाम्रो ब्रान्डप्रतिको बलियो विश्वासलाई प्रतिबिम्बित गर्दछ र ‘ग्राउन्ड ब्रेकिंग इनोभेसन’ र स्बिथरताप्रतिको हाम्रो प्रतिबद्धता कसरी उपभोक्तामाझ प्रतिध्वनित भइरहेको छ भन्ने देखाउँछ।’