Nepal Purbadhar

माघमा २५ अर्ब थपियो निक्षेप


काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ। गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप संकलन २५ अर्ब रुपैयाँले बढेको हो।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको माघ महिनाको तथ्याङंकअनुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो। पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो।

संघले सार्वजनिक गरेको तथ्यांकअनुसार माघको पहिलो साता निक्षेप आठ अर्बले घटेर ४७ खर्ब आठ अर्ब रुपैयाँ पुगेको थियो। पहिलो साता घटेको निक्षेप दोस्रो साता १२ अर्ब, तेस्रो साता तीन अर्ब र चौथो सातामा चार अर्ब रुपैयाँले बढेको थियो। माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप १४ अर्ब रुपैयाँले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो।

माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ । गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब लगानी गरेका थिए। पुस महिनाको तुलनामा माघ महिनामा १२ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा प्रवाह भएको छ। माघमा बैंकहरूले १२ अर्ब रुपैयाँ कर्जा बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन्। माघ २७ गतेसम्म बैंकको कर्जा ४२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो।


Read Previous

बागमती प्रदेशमा जलविद्युत उत्पादनको उच्च सम्भावना भए पनि उद्योगलाई पर्याप्त विद्युत अभाव

Read Next

कृषि पर्यटनको गन्तव्य बन्दै बैजनाथ गाउँपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar