Nepal Purbadhar

आईएमई पेबाट ट्राफिक जरिवाना तिर्न सकिने


काठमाडौं । आईएमई पेमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने भएको छ ।

ग्राहकहरूलाई विभिन्न सेवाहरूको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आईएमई पे एपबाट अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तैः कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सकिने छ ।

ग्राहकहरूले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो।

ट्राफिक फाइन तिर्न ग्राहकहरूले आईएमई पेको एपमा गभरमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गएर मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नेछन्।


Read Previous

हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

Read Next

राकुटेन भाइबरले ए आई क्षमताका नयाँ च्याटबट अनलक गर्दै