Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

शुक्लाफाँटामा सार्वजनिक शौचालय निर्माण गरिने


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले दुई ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने वनसमिति बजार र झलारी बजारको खुला मञ्चमा शौचालय निर्माण हुन लागेको हो।

खुला मञ्चमा निर्माण हुने शौचालयका लागि १६ लाख र वनसमिति बजारमा निर्माण हुने शौचालयका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसका लागि जग्गा पहिचान गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख रणबहादुर महराले बताए। ‘धेरै व्यक्तिको जमघट हुने सार्वजनिक क्षेत्रमा शौचालय निर्माण गर्न लागेका छौंँ,’ उनले भने, ‘यसबाट बजार क्षेत्रका बासिन्दासँगै सर्वसाधारण लाभान्वित हुनेछन्।’ शौचालय नहुँदा बजार क्षेत्रमा आउने सर्वसाधारणले वनसमिति बजार नजिकैको वन क्षेत्रमा शौच गर्दै आएका छन्।

यसबाट बजार क्षेत्र दुर्गन्धित हुँदै आएको छ। यसैगरी, खुला मञ्चमा सार्वजनिक कार्यक्रम हुँदा दिसापिसाबका लागि सर्वसाधारणले नदी छेउ पुग्नुपर्ने अवस्था छ । शौचालयमा सरसफाइ कर्मचारीको व्यवस्था गरिने भएको छ। पुराना सञ्चलनमा रहेका शौचालयलाई व्यवस्थित गर्ने कार्यसँगै मर्मतको कार्य पनि अगाडि बढाइने नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत टिकेन्द्रराज भट्टले बताए।

उनका अनुसार नगरपालिकाका मुख्य बजार क्षेत्र वनसमिति, झलारी र कलुवापुरमा फोहर संकलन बक्स राखिने भएका छन्। यसका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ। झलारीस्थित खुला मञ्चमा प्यारफिट निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर प्रमुख महराले जानकारी दिए ।

‘छिट्टै प्याराफिट निर्माणसँगै फोहर संकलन बक्स राख्नका लागि कार्य अगाडि बढाउँदै छौँं,’ उनले भने, ‘बसपार्क निर्माणका लागि पाँच लाख, कवर्ड हल निर्माणका लागि ५० लाख, कोल्डस्टोर निर्माणका लागि २५ लाख, वृद्धाश्रम निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरी जग्गा खोजी भइरहेको छ।’


Read Previous

७ अर्ब १२ करोडको लागतमा ‘छिलुङ खोला’ हाइड्रोपावर बन्ने

Read Next

हिउँदे बिदा सकिएपछि मनाङमा खुल्न थाले विद्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *