Nepal Purbadhar

७ अर्ब १२ करोडको लागतमा ‘छिलुङ खोला’ हाइड्रोपावर बन्ने


काठमाडौं । गोरखामा ४३.२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा पर्ने छिलुङ खोलामा यो जलविद्युत आयोजना निर्माण गरिने भएको हो ।

आयोजना निर्माणका लागि हनुमान हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रस्ताव गरेको हो। रन अफ रिभर प्रकारको रहेको यो आयोजना निर्माणका लागि ७ अर्ब १२ करोड ८० लाखको लागत अनुमान गरिएको छ ।

आयोजनाको वातावरणिय प्रभाव मूल्याकंन प्रतिवेदन अनुसार विस्तृत डिजाइन, सडक निर्माण र वित्तीय व्यवस्थाका साथ आयोजनाको निर्माण अवधी ६ वर्षको राखिएको छ। कुल उर्जा क्षमता २५८.५१ गिगावाट आवर रहने यो आयोजनाले सुख्खा मौसममा ७९.८३ गिगावाट आवार र वर्षाको मौसमका १७८.६९ गिगावाट आवर विद्युत उत्पादन गर्नेछ ।

आयोजनालाई नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको फिलिम सब–स्टेसनमा जोड्ने तयारी रहेको छ। आयोजना अन्तर्गत २६ मेगाभोल्ट एम्पियर (एमभिए) का दुई वटा ट्रान्सफर्मर रहनेछन् भने दुई वटा २१.६ मेगावाट क्षमताका टर्बाइन रहने बताइएको छ ।


Read Previous

प्राधिकरणले प्रसारण सम्झौता भएका आरओआर आयोजनाका प्रवर्द्धक कम्पनीलाई पिपिए गर्न बोलायो

Read Next

शुक्लाफाँटामा सार्वजनिक शौचालय निर्माण गरिने