Nepal Purbadhar

मोलुङ हाइड्रोपावरको आइपीओ बिक्री खुला


काठमाडौं । मोलुङ हाइड्रोपावरले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो। कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

आवेदकहरूले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Facebook Comments

Read Previous

निसीखोलामा थपिँदै ८ झोलुंगे पुल

Read Next

प्राधिकरणले प्रसारण सम्झौता भएका आरओआर आयोजनाका प्रवर्द्धक कम्पनीलाई पिपिए गर्न बोलायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar