Nepal Purbadhar

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता


काठमाडौं । यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ। आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो।

मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो। यातायात मजदुर संगठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए।

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए।

Facebook Comments

Read Previous

विभिन्न ३ स्थानमा भायानेटको नयाँ शाखा विस्तार

Read Next

कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar