Nepal Purbadhar

बजेटको आकार साढे २ खर्बले घटाइयो


काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ। सरकारले बजेटको आकार २ खर्ब ४४ अर्ब बराबरले घटाएको हो।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन्। चालू आवमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको छ। बजेटको आधार १४ प्रतिशतले घटाइएको हो।

चालू खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन थियो। त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोड रुपैयाँमा झारिएको छ। जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो। त्यसैगरी पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा झारिएको छ। जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर २ खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो।

Facebook Comments

Read Previous

१२ वर्ष लगाएर निर्माण गरिएको पुल सञ्चालन हुने बेलामा भत्कियो

Read Next

आरओआर आयोजनाको पिपिए खुलाउने निर्णयको निजी क्षेत्रद्वारा स्वागत,बर्खामा विद्युत खेर जाने चिन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar