Nepal Purbadhar

आन्तरिक ऋण उठाउन १८ अर्बको ट्रेजरी विल्स बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन १८ अर्ब रुपैयाँको ट्रेजरी विल्स बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत सोमबार ट्रेजरी विल्स बिक्री गर्न लागेको हो।

केन्द्रिय बैंकले ८ अर्बको नयाँ ट्रेजरी विल्स बिक्री गर्न लागेको हो भने १० अर्बको ट्रेजरी विल्स नविकरण गर्न लागेको हो। केन्द्रिय बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको नयाँ र नविकारण गरी ७ अर्ब र १८२ दिन अवधिको ६ अर्ब गरी जम्मा १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जनाएको छ।

२८ दिन अवधिको ट्रेजरी आगामी फागुन ३० गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको २०८० जेठ २ गते र १८२ दिने ट्रेजरी आगामी २०८० साउन ३० गते परिपक्व हुनेछ। ट्रेजरीको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुनेछ।

Facebook Comments

Read Previous

दोल्ती पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

Read Next

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar