Nepal Purbadhar

चुरे फेदमा फनपार्क निर्माण तीव्र


सर्लाही । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ। पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ।

हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ। वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ। चार करोड ९७ लाख रुपैयाँको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए।

‘पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ,’ उनले भने, ‘थप रकम नगरपालिकाले विनियोजन गर्नेछ।’ उद्यान निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन, काठमाडौंले लिएको छ। हाल सो कार्यमा ३० कामदार कार्यरत छन्। उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ।


Read Previous

खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

Read Next

अर्थमन्त्री पौडेल र युएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar