Nepal Purbadhar

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै


बागलुङ । बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ। विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन्।

वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्रवर्द्धनका लागि विभिन्न संरचना निर्माण गर्न आर्थिक सहयोग गर्दै आएका छन्। अहिले उनीहरुकै सहयोगमा बागलुङको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ।

पदमार्ग निर्माणमा हालसम्म ६० लाख रुपैयाँ खर्च भएको छ। प्रवासीको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए। ‘मन्दिरसम्म पुग्न सहज होस भनेर पदमार्ग निर्माण गरिएको हो,’ उनले भने। काठेखोला–६ शान्तिचोकदेखि हटिया गाउँ हुँदै मन्दिरसम्म पदमार्ग निर्माण भइरहेको छ। निर्माणका लागि स्थानीयले जनश्रमदान गर्दैछन्।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको उक्त मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउने गरेका छन्। पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए। पदमार्गमा स्थानीय स्लेट (ढुङ्गा) बिच्छाइएको छ। यहाँबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत हिमाल देख्न सकिन्छ। बागलुङ बजारदेखि करिब एक घण्टामा यहाँ पुग्न सकिन्छ। मन्दिर नजिकै गुुरुकुल सञ्चालनको योजना रहेको स्थानीय नरहरी सापकोटाले बताए।

Facebook Comments

Read Previous

उर्लाबारीमा ३९ करोड लागतमा खानेपानी योजना विस्तार गरिँदै

Read Next

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar