Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दोदा नदीबाट अवैध बालुवाको तस्करी रोक्न वडा कार्यालयले थाल्यो निगरानी


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ स्थित दोदा नदीबाट बालुवा अवैध रूपमा उत्खनन् हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ। नदीबाट रातको समयमा बालुवा अवैध रूपमा उत्खनन् हुन थालेपछि निगरानी बढाइएको हो।

बालुवाको जथाभावी उत्खनन् हुन थालेपछि प्रहरीसँगको समन्वयमा विशेष गरी राति दुई बजेदेखि चार बजेसम्म निगरानी बढाइएको वडा अध्यक्ष नवलसिंह रानाले बताए। ‘धेरै पटक अवैध रूपमा बालुवा उत्खनन् गरेको पाइएपछि प्रहरीलाई खबर गरी बालुवा उत्खनन् रोकेका छौँ,’ उनले भने, ‘दिउँसो बालुवा उत्खनन् गर्न नपाइने भएपछि रातको समयमा बालुवा उत्खनन्को हुन थालेको छ।’

उनका अनुसार अवैध रूपमा बालुवा उत्खनन् हुँदा भू–क्षय हुनबाट जोगाउन नदीमा लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ। नदी गहिरिँदै गएपछि तटबन्ध भत्कने अवस्थामा पुगेको छ। जथाभावी बालुवा उठाइदा नदीको गहिराई दुई फिट बढेको अध्यक्ष रानाको भनाइ छ।

वातावरणीय प्रभाव मूल्यांकन गरी नदीको बालुवा वैधानिक रूपमा उत्खननका लागि ठेक्का प्रक्रियामा जानुपर्छ,’ अध्यक्ष रानाले भने, ‘यसबारे नगरपालिकामा कुरा उठाएका छौँ, अहिलेसम्म सुनवाइ भएको छैन।’ अवैध रूपमा बालुवा उठाएर लैजादा नगरपालिकालाई लाखौ रकम बराबरको राजस्व गुमेको छ।

बालुवा बस्ती नजिकका क्षेत्रबाट उठाइने भएकाले जोखिम बढदै गएको स्थानीय घुम्मन रानाको भनाइ छ। ‘बालुवाको तस्करी नरोकिए आउदो वर्षातमै धेरै ठाउँमा तटबन्ध भत्किएर बाढीको पानी बस्तीमा छिर्ने सम्भावना बढेर गएको छ,’ उनले भने।

उनका अनुसार दैनिक नदी क्षेत्रबाट दुई दर्जन बढी ट्रयाक्टरमा अवैध रूपमा बालुवा उत्खनन् भइ तस्करी हुने गरेको छ। नगरपालिका क्षेत्रभित्र पर्ने नदीबाट लालझाडी गाउँपालिकाले दुई वर्ष ठेक्का सम्झौता गरी बालुवा उत्खनन् गरेको स्थानीयको भनाइ छ। चालू आर्थिक वर्षमा भने गाउँपालिकाले टेण्डर आह्वान गरेको छैन।

दोदा नदी शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिको सीमा नदी हो। दुवै पालिकाले नदी क्षेत्रको सिमांकन गर्नुपर्ने वडा अध्यक्ष रानाको तर्क छ। ‘नदीजन्य पदार्थको उत्खनन् गरी लाखौं राजस्व संकलन गर्न सकिन्छ,’ उनले भने, ‘बजेटका लागि संघ र प्रदेश सरकालाई गुहार्नु पर्दैन।’

यसैगरी सनवोरा नदी क्षेत्रको कलुवापुर र पिपलाडी क्षेत्रबाट समेत अवैध रूपमा बालुवा उत्खनन् भइरहेपनि नियन्त्रणको प्रयास भने भएको छैन। नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले आफनो जग्गा नदीको बाढीले बगाएकाले नदीको बालुवा बिक्री गर्दै आएको बताउदै आएका छन्।

नगर प्रमुख रणबहादुर महराले आगामी आवमा नगरपालिका क्षेत्र भित्रका सबै नदीहरूको वातावरणीय प्रभाव मूल्यांकनको कार्य गरी गाउँ बस्ती र वातावरणलाई असर नपर्ने ठाउँमा नदीजन्य पदार्थ उत्खनन्का लागि टेण्डर आह्वान गरी ठेक्का सम्झौता गरिने बताए।

दोदा नदीमा नदीजन्य पदार्थ उत्खनन्का लागि लालझाडी गाउँपालिकासँग समन्वय गरिने उनको भनाइ छ। अवैध भइरहेको बालुवाको तस्करी रोक्नका लागि काम अघि बढाइने उनले उल्लेख गरे।


Read Previous

रसुवाका पदयात्रीलाई गुणस्तरीय सेवा

Read Next

वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व संकलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *