Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

एनएमबी बैंकको प्राथमिकतामा ऊर्जा र पर्यटन पूर्वाधार,जलविद्युतमा मात्रै २८ अर्ब बढी लगानी प्रतिबद्धता


काठमाडौं । एसियाकै सवोत्कृष्ट बन्न सफल एनएमबी बैंक लिमिटेडले ऊर्जा र पर्यटन पूर्वाधारको क्षेत्रमा गरेको लगानी प्रतिबद्धता करिब ३७ अर्ब रुपैयाँ पुगेको छ । बैंकले स्थापना कालदेखि अहिलेसम्मको अवधिमा जलविद्युत, वैकल्पिक ऊर्जा (सोलार, लघु जलविद्युत, वायोमास) तथा पर्यटनतर्फ सुविधा सम्पन्न ठूला तारे होटल पूर्वाधार परियोजनामा यति लगानी गरेको हो ।

सबैभन्दा धेरै ऊर्जा क्षेत्रका पूर्वाधार परियोजनामा बैंकले गरेको लगानी प्रतिबद्धता ३० अर्ब रुपैयाँ नाघिसकेको छ । बैंकले ऊर्जामा गरेको लगानी प्रतिबद्धता कूल कर्जा प्रवाहको ९ प्रतिशत हो । जसमध्ये २८ अर्ब रुपैयाँ बढी लगानी प्रतिबद्धता जलविद्युत परियोजनाहरूमा मात्रै भएको छ ।

बैंकले केही जलविद्युत परियोजनाहरूमा एक्लै ऋण प्रवाह गरेको छ । अहिलेसम्म लगानी प्रतिबद्धता जनाई ऋण प्रवाह भइसकेका तथा भइरहेका गरी २७ जलविद्युत परियोजनाहरूमा अगुवा बैंककोरूपमा लगानी गरिएको छ । ३ वटामा सह–अगुवा भई ऋण लगानी गरेको छ । बैंकले बाँकी परियोजनाहरूमा भने अन्य बैंकहरूसँगको सहकार्यमा ऋण लगानी गरेको छ ।

अहिलेसम्म बैंकले ६७२.६९ मेगावाटका ४५ जलविद्युत परियोजनामा लगानी प्रतिबद्धता जनाइसकेको छ । लगानी गरेका मध्ये २६ वटा जलविद्युत परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल बताउँछन् ।

लगानी प्रतिबद्धता जनाइसकेका अन्य १९ जलविद्युत परियोजनाहरू अहिले निर्माणाधीन छन् । केही वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भई निर्माणमा जाने चरणमा छन् । उनका अनुसार जलविद्युत परियोजनाका लागि गरेको लगानी प्रतिबद्धता मध्ये साढे १४ अर्ब रुपैयाँ बढी कर्जा बैंकबाट प्रवाह भइसकेको छ ।

‘बैंकको स्थापना कालदेखि नै लगानीका लागि ऊर्जा क्षेत्र हाम्रो प्राथमिकतामा छ,’ उनी भन्छन्,‘सोही अनुरुप हामीले विशेष गरी जलविद्युत परियोजनाहरूमा हुने लगानीको दायरा बढाउँदै लगिरहेका छौं ।’ उनी जलविद्युत परियोजना निर्माणाधीन अवस्थामा रहेका बेला बैंकको लगानी जोखिम बढी हुने जस्तो देखिए पनि निर्धारित तालिकाअनुसार सम्पन्न भई सञ्चालनमा गएपछि लगानी सुरक्षित हुने बताउँछन् ।

बैंकले ऋण लगानी गरेका जलविद्युत परियोजना

क्र.सं प्रवर्द्धक कम्पनी परियोजनाको नाम

 

जडित क्षमता

(मेगावाट)

वर्तमान अवस्था

 

 लगानी प्रकार

 

१. माउन्टेन इनर्जी नेपाल तादी खोला सञ्चालन अन्य बैंकसँग सहकार्य
२. आशुतोष इनर्जी चेपे खोला ८.६३ सञ्चालन अगुवाई
३. एसियन हाइड्रोपावर तल्लो जोगमाई खोला ६.२ सञ्चालन अगुवाई
४. बाराही हाइड्रोपावर ठेउले खोला १.५ सञ्चालन अन्य बैंकसँग सहकार्य
५. बेनी हाइड्रोपावर माथिल्लो सोलु १८ निर्माणाधीन अगुवाई
६. भैरवकुण्ड हाइड्रोपावर भैरवकुण्ड सञ्चालन अन्य बैंकसँग सहकार्य
७. बिन्ध्यबासिनी हाइड्रोपावर रूदी ‘ए’ ६.६ सञ्चालन अन्य बैंकसँग सहकार्य
८. बिन्ध्यबासिनी हाइड्रोपावर रूदी ‘बी’ ८.८ सञ्चालन अन्य बैंकसँग सहकार्य
९. धौलागिरी कालिका हाइड्रोपावर दरबाङ्ग म्याग्दी खोला २५ निर्माणाधीन अन्य बैंकसँग सहकार्य
१०. दोभान हाइड्रो पावर

 

जुनबेंसी ५.२ निर्माणाधीन अन्य बैंकसँग सहकार्य
११. इष्टर्न हाइड्रोपावर

 

पिखुवा खोला सञ्चालन अगुवाई
१२. इलेक्ट्रोकोम एण्ड रिसर्च सेन्टर

 

झ्यारी खोला सञ्चालन अगुवाई
१३. इनर्जी भेन्चर

 

 

माथिल्लो लाप्चे खोला ५२ सञ्चालन अन्य बैंकसँग सहकार्य
१४. गेलुङ खोला

 

गेलुङ खोला

 

३.३३ निर्माणाधीन अगुवाई
१५. खोरङ्गा खोला हाइड्रोपावर

 

फेमे खोला सञ्चालन अन्य बैंकसँग सहकार्य
१६. कुथेली भुखारी हाइड्रोपावर

 

कुथेली भुखारी सञ्चालन अगुवाई
१७. लिबर्टी इनर्जी कम्पनी

 

माथिल्लो दोर्दी ‘ए’ २५ सञ्चालन अन्य बैंकसँग सहकार्य
१८. मादमे खोला हाइड्रोपावर

 

मादमे खोला २४ निर्माणाधीन अगुवाई
१९. पञ्चकन्या माई हाइड्रोपावर

 

माथिल्लो माई १० सञ्चालन अन्य बैंकसँग सहकार्य
२० मैलुङ खोला जलविद्युत

 

मैलुङ खोला सञ्चालन अगुवाई
२१. मन्दाकिनी हाइड्रोपावर

 

सर्दी खोला सञ्चालन अगुवाई
२२. मोलुङ हाइड्रोपावर कम्पनी

 

मोलुङ खोला सञ्चालन अगुवाई
२३. माउन्ट कैलाश इनर्जी कम्पनी

 

 थापा खोला १३.५ सञ्चालन अन्य बैंकसँग सहकार्य
२४. म्याग्दी हाइड्रोपावर

 

घार खोला १४ निर्माणाधीन अगुवाई
२५. ङादी हाइड्रोपावर

 

सिउरी खोला सञ्चालन अगुवाई
२६. पशुपति इनर्जी पावर

 

तल्लो छोटेखोला सञ्चालन अगुवाई
२७. पिपल्स इनर्जी

 

खिम्ती–२ ४८.८ निर्माणाधीन अन्य बैंकसँग सहकार्य
२८. सलमानिदेवी हाइड्रोपावर

 

कपाडीगाड ३.३३ सञ्चालन अगुवाई
२९. सानिमा मिडल तमोर हाइड्रोपावर

 

मध्य तमोर  ७३ निर्माणाधीन अन्य बैंकसँग सहकार्य
३०. सिवानी हाइड्रोपावर

 

फावा खोला सञ्चालन अगुवाई
३१. सिउरी न्यादी पावर

 

सुपर न्यादी ४० निर्माणाधीन अगुवाई
३२. टाङछार हाइड्रोपावर

 

टाङछार २.४ निर्माणाधीन अगुवाई
३३. युनाइटेड मोदी हाइड्रोपावर

 

तल्लो मोदी–१ १० सञ्चालन अन्य बैंकसँग सहकार्य
३४. अप्पर हेवाखोला हाइड्रोपावर

 

माथिल्लो हेवा ८.५ सञ्चालन अगुवाई
३५. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक

 

सोलु खोला २३.५ सञ्चालन सह–अगुवाई
३६. भिजन लुम्बिनी ऊर्जा

 

 सेती नदी २५ निर्माणाधीन अगुवाई
३७. वाटर एण्ड इनर्जी नेपाल

 

बडीगाड ६.६ निर्माणाधीन अगुवाई
३८. रिसर्च एण्ड डेभलपमेन्ट ग्रुप

 

रुप्से खोला निर्माणाधीन अगुवाई
३९. माउन्टेन हाइड्रो नेपाल पब्लिक

 

हेवा खोला २२.१ सञ्चालन अगुवाई
४०. सगरमाथा जलविद्युत

 

सुपर माई ए ९.६ सञ्चालन अगुवाई
४१. हिल्टन हाइड्रो इनर्जी

 

सुपर काबेली खोला १२ निर्माणाधीन अगुवाई
४२. स्नो रिभर्स

 

सुपर काबेली खोला ए १३.५ निर्माणाधीन अगुवाई
४३. मेवा डेभलपर्स मध्य मेवा

 

७३.५ निर्माणाधीन सह–अगुवाई
४४. मेवा डेभसर्प शिवा खोला

 

९.३ निर्माणाधीन सह–अगुवाई
४५. काबेली हाइड्रोपावर

 

काबेली–३ २२ निर्माणाधीन अगुवाई
जम्मा   ६७२.६९

स्रोतः एनएमबी बैंक

बैंकले जलविद्युत बाहेक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न नसकेका दुर्गम गाउँमा सञ्चालित वैकल्पिक ऊर्जाका साना परियोजनामा पनि लगानी गरिरहेको छ । सोलार, लघु जलविद्युत, वायोग्यास लगायतका वैकिल्पक ऊर्जाका परियोजनामा अहिलेसम्म १ अर्ब ८० करोड रुपैयाँ लगानी भइसकेको दुलाल बताउँछन् ।

यस्तै, बैंकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) संगको सहकार्यमा ‘हेण्डलिङ बैंक’ (सरकारी अनुदान बापतको रकम दुर्गम ग्रामीण भेगमा सञ्चालित वैकल्पिक ऊर्जाका साना परियोजनामा प्रवाह गर्ने कार्य) को रूपमा पनि काम गर्दै आइरहेको छ ।

बैंकले अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य गरेर ‘ब्लण्डेड फाइनान्सिङ’ मोडलबाट सरकारले अनुदान दिने नवीकरणीय ऊर्जाका परियोजनामा काम गरिरहेको दुलाल बताउँछन् । उनका अनुसार बैंकले ‘ब्लण्डेड फाइनान्सिङ’ मोडल अन्तर्गत सरकारले दिने अनुदान तथा विकास साझेदारहरूबाट आउने अनुदान एकिकृत गरी नवीकरणीय ऊर्जाका साना परियोजनामा प्रवाह गर्ने काम गरिरहेको छ ।

‘ब्लण्डेड फाइनान्सिङ’ मोडलमा सरकार र विकास साझेदार दातृ निकायको अनुदान, कर्जा सुरक्षाका लागि दिइने फन्ड तथा कमर्सियल फन्ड मिसाएर राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच नपुगेका दुर्गम गाउँमा नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युतीकरण गर्न दिइने अनुदान बैंक मार्फत प्रवाह हुने गरेको छ ।

एनएमबी ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिआइआई) बाट वैदेशिक मुद्रामा ऋण लिई नेपालका जलविद्युत परियोजनामा लगानी गर्ने पहिलो बैंक समेत हो । बैंकले बिआइआईबाट विदेशी मुद्रामा लिएको ऋण स्वदेशी जलविद्युत परियोजनामा कर्जाकोरूपमा लगानी गर्दै आएको छ ।
यस्तै, विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन (आइएफसी) बाट पनि ऋण लिई बैंकले हरित ऊर्जा (वैकल्पिक नवीकरणीय ऊर्जा) मा लगानी गरिरहेको दुलाल बताउँछन् ।

तरलताको समस्याले बैंकहरूसँग लगानी योग्य रकम अभाव भइरहेको अवस्थामा समेत एनएमबीले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएरै देशभित्रका जलविद्युत र नवीकरणीय ऊर्जाका अन्य साना परियोजनामा लगानी गरिरहेको छ । बैंकले ऊर्जा क्षेत्रका पूर्वाधार परियोजनामा लगानी अभाव हुन नदिन अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूबाट विदेशी मुद्रामा ऋण लिई कर्जा प्रवाह गरिरहेको हो ।

बैंकले ऊर्जा क्षेत्रमै लगानी बढाउने उद्देश्यले सर्वसाधारणमा ‘इनर्जी बन्ड’ पनि जारी गरेको छ । इनर्जी बन्ड जारी गरी संकलन भएको रकम पनि कर्जाकोरूपमा ऊर्जा क्षेत्रका पूर्वाधार परियोजनामै लगानी भइरहेको दुलालको भनाइ छ ।

स्वदेशी बैंक तथा वित्तीय संस्थाले जलविद्युतमा लगानी बढाउँदै लैजाँदा बर्खा याममा देश विद्युतमा आत्मनिर्भर बनिसकेको अवस्थामा अब आन्तरिक विद्युत खपत बढाउने परियोजनामा पनि बैंकले लगानी गर्ने योजना रहेको उनी बताउँछन् ।

‘हिउँदको विद्युत मागको सहज व्यवस्थापन गर्न तथा बर्खामा बढी हुने विद्युतको खपत बढाउन पम्प स्टोरेज, हरित हाइड्रोजन, ब्याट्र स्टोरेज जस्ता परियोजनामा बैंकले लगानी गर्न सक्ने सम्भावना छ’ उनी भन्छन् ।

यसैगरी, व्यवसायिक बैंकिङको प्रवद्र्धनबाट ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै हरित अर्थतन्त्रलाई बढावा दिँदै आएको बैंकले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न दुर्गम गाउँमा सुधारिएको चुलो वितरण गरेर घरको भान्छालाई धुवाँमुक्त बनाउन सहयोग पुर्याएको छ । यस परियोजनाले दाउराको खपत घटाएर वन संरक्षणमा मद्दत पुग्ने, महिलाहरूले भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमी ल्याउने उद्देश्यसहित काम गरिरहेको छ ।

बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशन (एसएनभी) को ‘नतिजामा आधारित लगानी’ परियोजना अन्तर्गत दुर्गम गाउँमा सुधारिएको चुलो स्थानीयबासीमा वितरण गरेको हो । बैंकले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सुधारिएको चुलो विततरण गर्न परियोजनासँग मिलेर कोष व्यवस्थापकको भूमिकामा काम गरेको थियो ।

बैंकले विद्युतीय सवारी खरिदमा पनि सहुलियत दिएर ग्राहकलाई ऋण प्रवाह गर्दै आइरकेको छ । ८० प्रतिशत फाइनान्ससहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ घन्टाभित्र ऋणीलाई कर्जा प्रवाहको सुविधा बैंकले दिँदै आएको छ ।

ठूला होटल पूर्वाधार परियोजनामा ६ अर्ब बढी लगानी

बैंकले पर्यटन पूर्वाधारसँग जोडिएका देशका सुविधा सम्पन्न दर्जन बढी ठूला होटलहरूमा ६ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । बैंक स्थापना कालदेखि अहिलेसम्ममा १५ वटा ठूला होटलमा यति लगानी भइसकेको हो ।

यो संख्या केन्द्रीय कार्यालयबाट प्रत्यक्ष ऋण लगानी भएका ठूला होटलहरूको भएको बैंकका पूर्वाधार लगानी प्रमुख सुमित बैद्य बताउँछन् । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयले १५ करोड रुपैयाँभन्दा बढी ऋण लगानी हुने होटलहरूमा मात्रै कर्जा प्रवाह गर्दै आइरहेको छ ।

‘सुविधासम्पन्न होलटहरूमा अहिलेसम्म ६ अर्ब रुपैयाँ बराबरको लगानी केन्द्रीय कार्यालयबाट भइसकेको छ,’ उनी भन्छन्,‘बैंकका शाखा कार्यालयबाट भएको लगानी समेत जोड्दा ८ अर्बभन्दा बढी नै छ ।’ बैंकले लगानी गरेका सुविधा सम्पन्न चर्चित होटलमध्ये गैंडाकोटस्थित बगैँचा रिर्सोट होटल पर्यावरण मैत्री सामाग्रीबाट बनेको छ ।

बैंकले लगानी गरेका ठूला होटल परियोजना

क्र.सं होटलको नाम
१. म्यारिएट होटल
२. गोकर्ण फरेष्ट रिर्सोट
३.  सांग्रिला होटल ग्रुप
४. बाराही होटल ग्रुप (पोखरा)

 

५.  मल्बेरी होटल, ठमेल
६. नगरकोट रिसोर्ट
७. लेक भ्यु रिर्सोट
८. बगैंचा एड्भेन्चर रिर्सोट

 

९. होटल डि क्राउन

 

१०. बाराही सेदी, पोखरा

 

११. लष्ट होराइजन होटल
१२. लुम्बिनी होक्की होटल

 

स्रोतः एनएमबी बैंक

बैद्यले दिएको जानकारी अनुसार अब निर्माण हुने ठूला होटलहरूमा पनि बैंकले ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने प्रक्रिया अगाडि बढेको छ । पूर्वाधार परियोजनामा हुने सानो ठूलो लगानी सधैं सुरक्षिता हुने गरेको बैंकले जनाएको छ ।

पर्यटन पूर्वाधारमा हुने लगानी प्रवाहमा कोभिड–१९ कालमा केही सुस्ती देखिएपछि अहिले फेरि अवस्थामा सुधार भई पुरानै अवस्थामा फर्किन लागिसकेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि उनी बताउँछन् ।

नेपालको आर्थिक समृद्धिका लागि जलविद्युत र होटल नै प्रमुख लगानीको क्षेत्र रहेको उनको दाबी छ । ‘अहिले जलविद्युतमा लगानी गर्नु भनेको भोलिको दिनमा अरब देशले अरु देशलाई तेल बिक्री गर्नु जस्तै हुनेछ । विद्युत उत्पादन बढ्दै जाँदा निर्यात बढाएर विदेशी मुद्रा आर्जन सकिन्छ,’ उनी भन्छन्, ‘पर्यटन क्षेत्रको विकास गर्न बैंकहरूले ठूला होटल पूर्वाधारमा लगानी बढाउनै पर्छ । हाम्रो बैंक पनि यही दिशामा अगाडि बढेको छ ।

२ केबलकारमा ७० करोड रुपैयाँ लगानी

बैंकले पर्यटन पूर्वाधार अन्तर्गत नै अहिले निर्माणाधीन २ वटा केबलकार परियोजनामा ७० करोड रुपैयाँ ऋण लगानी गरेको छ । निजी क्षेत्रका लगानीमा निर्माण अन्तिम चरणमा पुगेको बन्दीपुर केबलकार र सिद्धार्थ केबलकारमा बैंकको यति कर्जा प्रवाहा भएको हो ।

बन्दीपुर केबलकार आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तालिका छ । सिद्धार्थ केबलकार अबको एक वर्षभित्रमा सञ्चालनमा आउने गरी निर्माणाधीन छ । यो केबलकार निर्माण पूरा भई चालू आर्थिक वर्षभित्र सम्पन्न गरी सञ्चालन गर्ने योजना छ । नयाँ केबलकार परियोजनामा पनि लगानीको प्रस्ताव आइरहेको तर, टुंगो लागिनसकेको बैद्य बताउँछन् ।

४ सिमेन्ट उद्योगमा ५ अर्ब लगानी

बैंकले चिनियाँ लगानी रहेको होङ्सी शिवम्सहित ४ वटा सिमेन्ट उद्योगमा ५ अर्ब रुपैयाँ लगानी गरेको छ । विदेशी लगानी समेत रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा मात्रै बैंकको ३ अर्ब रुपैयाँ ऋण लगानी छ । बाँकी २ अर्ब रुपैयाँ स्वदेशी लगानीमा नै निर्माण भएका रिद्धिसिद्धि, चौधरी ग्रुपको सिजी र नारायणी सिमेन्ट उद्योगमा गरिएको बैद्यको भनाइ छ ।


Read Previous

वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व संकलन

Read Next

सुपारमाई हाइड्रोपावरको आइपिओ खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *