Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

१५ बुँदे संकल्प पत्र घोषणा गर्दै सकियो एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन


काठमाडौं । दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन १५ बुँदे संकल्प पत्र घोषणा गर्दै शनिवार सम्पन्न भएको छ ।

सम्मेलनले सबै प्रकारका यातायातका माध्यमहरुलाई एकिकृत गर्नुपर्नेमा जोड दिएको छ । सार्वजनिक यातायातको साथै नन–मोटराइज्ड (साइक्लिङ, वाकिङ) माध्यमलाई पनि समावेस गरी पहुँच उपलब्ध गराउनुपर्ने संकल्प पत्रमा उल्लेख छ । सम्मेलनले यातायातका विविध माध्यमहरुलाई एकिकृत यातायात गुरुयोजनामार्फत पूर्ण र प्रभावकारी बनाउनुपर्ने घोषणा गरेको छ ।

त्यस्तै, अहिले स्थानीय पूर्वाधार विभाग, सहरी विकास, स्थानीय तह र सडक विभागले निर्माण गर्ने सडकहरुको मापदण्डमा अन्तर रहेको छ । अबदेखि उही प्रकृति र सूचीमा परेका सडकको एउटै मापदण्ड कायम गर्नुपर्नेमा जोड दिएको छ । यसले मात्र सुरक्षित सडक सञ्जाल विकास गर्न, मर्मत खर्च घटाउन र सडकको रेखांकनमा एकरुपता ल्याउन सहयोग पुग्ने संकल्प पत्र घोषणा समितिका अध्यक्ष सरोजकुमार प्रधानले बताए ।

यसैगरी एकिकृत र दीगो गतिशीलताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवाला निकायसँग सहकार्य र सहयोग वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । ‘विशेषगरी सरकारी निकाय, प्राज्ञिक, निजी, नागरिकतहमा सहकार्य गर्नुपर्नेछ’ उनले भने ।
सम्मेलनले वातावरणमैत्री, न्यून कार्वन उत्र्सजन गर्ने विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने र हाइड्रोजन उत्पादनबारे पनि अनुसन्धानलाई अघि बढाउनुपर्ने संकल्प पत्रमा उल्लेख छ ।

दीगो यातायात पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने, न्यून कार्वन उत्र्सजन गर्ने यातायातका साधन प्रयोगलाई प्रवद्र्धन गर्न शिक्षा, जनचेतना वृद्धि गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ । यसले स्वास्थ्यमा हुने सुधार, वायु प्रदुषणमा आउने कमी महत्वपूर्ण हुनेछ ।

संकल्प पत्र प्राज्ञिक क्षेत्रमा मात्र नभइ नीतिनिर्माण तहको लागि पनि महत्वपूर्ण हुने सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपालका अध्यक्ष पदमबहादुर शाहीले बताए ।

सम्मेलन समापन समारोहमा बोल्दै सहरी विकास मन्त्री विक्रम पाण्डेले सडक निर्माण पूर्वाधारको पनि पूर्वाधार भएकैले सरकारले उच्च प्राथमिकता दिएको बताए । ‘सडकको पहुँच हुनु मात्र पूर्ण नभएको बरु सहज सेवा र उपभोक्ताको सन्तुष्टि महत्वपूर्ण छ’ उनले भने ।

सम्मेलनले पारित गरेको संकल्प पत्र नयाँ ऐन, नियम र निर्देशिका निर्माण गर्नको लागि महत्वपूर्ण हुने र सम्मेलनले गरेको घोषणाले मन्त्रालय लाभान्वित मन्त्री पाण्डेले विश्वास व्यक्त गरे ।


Read Previous

सडक आयोजनालाई कसरी दिगो बनाउने ?

Read Next

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक