Nepal Purbadhar

इटहरीमा आधुनिक तीनतले बसपार्क निर्माण हुने


धरान । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ। तीनतले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ।

कुल १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए। इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बसपार्क निर्माणसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका छन्।

प्रमुख पौडेलका अनुसार बसपार्क निर्माणमा कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लगानी हुनेछ। बसपार्क १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ।

पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताएका छन् । बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतिक्षालय रहनेछ।


Read Previous

माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

Read Next

खानेपानीको समस्या रहेको पोखराको भलामखोरमा एक घर एक धारा