Nepal Purbadhar

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै


दाङ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ। त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ। ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ,’ उनले भनिन्। लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो। धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ। हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ। आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ।

टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ। हाल दाङबाट काठमाडौंको न्यूनतम भाडा आठ हजार आठ सय १० रुपैयाँ तथा काठमाडौंबाट दाङको भाडा न्यूनतम नौ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ। हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्र्ने योजना छ।

Facebook Comments

Read Previous

३७ वर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्र गरिँदै

Read Next

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै सुपारमाई हाइड्रोपावर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar